शनिबार, १४ कात्तिक २०८३
नेपाली

याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने

Main News Image

काठमाडौँ । याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले यही वैशाख १६ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ बाँडफाँड गरेपछि दोस्रो चरणमा सर्वसाधारणमा समेत आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड भइसकेको छ ।

अब बाँकी आईपीओमध्ये १ लाख ५ हजार कित्ता सामुहिक लगानी कोष र ४२ हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी अन्त्यमा बाँकी रहन गएको १७ लाख ४३ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागिएको हो ।

mediabaaji add

सम्बन्धित खबर

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर र पाउन्डको भाउ कति ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर...

नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न सरकारलाई सकस

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष चुन्न यतिबेला सरकारलाई नै सकस परेको छ। हाम्रोलाई भन्दा राम्रोलाई सरकारी नेत्तृव तहमा राख्ने बालेन सरकारको निर्णयले साथकर्ता पाउन मुस्किल नै बनेको छ । धितोपत्र बोर्डको अध्यक्ष चयनमा आवेदन पछि लामो समयसम्म छ...