आइतबार, १५ कात्तिक २०८३
नेपाली

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

Main News Image

काठमाडौँ । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व मातृ पृथ्वी दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमाका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००९ देखि प्रत्येक वर्ष अप्रिल २२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो ।

यो दिवसले पृथ्वीको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सामूहिक प्रयास आवश्यक भएको सन्देश दिएको छ । महासागरहरू प्लास्टिकजन्य फोहरले भरिँदै गएका छन् र तीव्र रूपमा अम्लीय बन्दै गइरहेका छन् । अत्यधिक तापक्रम, डढेलो र बाढीपहिरोका घटनाले लाखौँ मानिस प्रभावित भएका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर हरेक वर्ष करिब एक करोड हेक्टर वन क्षेत्र नष्ट भइरहेको छ । वातावरणविज्ञहरूका अनुसार स्वस्थ पारिस्थितिक प्रणालीले मानिसलाई रोगबाट जोगाउन सहयोग गर्छभने जैविक विविधताले रोग उत्पन्न गर्ने सूक्ष्म जीवहरूको तीव्र फैलावट नियन्त्रण गर्छ। हाल करिब १० लाख वनस्पति तथा जनावरका प्रजाति लोप हुने जोखिममा रहेको अनुमान गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

तराईका जिल्लामा आज होली मनाइँदै

नवलपरासी । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।

आज...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

पर्सा । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ स्थित गौर–गङ्गापिपरा सडकखण्डको झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रौतहट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीे विष्णुप्रदीप बस्यालका अनुसार मोटरसाइकल अनियन्त्रित भएर द...

भदौ २२ गते सार्वजनिक बिदा !

काठमाण्डौँ । बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी छोनामको अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारका अनुसार चितवन, मकवानपुर र धादिङ जिल्लामा उक्त दिन सार्वजनिक बिदा हुनेछ ।

प्र...

कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा हुँदै

काठमाडौँ । नेपाल बार एशोसिएशनको आयोजनामा कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा आयोजना हुने भएको छ । “महिलाको समानुपातिक समावेशिता परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित सञ्चालन हुने सम्मेलन चैत ६ र ७ गते...