आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम
काठमाडौँ । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो। संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ ।
गत वर्ष डिसेम्ब ७ तारिखमा संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो। सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो। यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो।
नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरूको भनाइ छ। एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसंघले ध्यान दिवसलाई मान्यता दिएको हो।
सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो। गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो।
यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ। त्यसैगरी, दक्षिणकाली नगरपालिका(१ स्थित बोसनमा रहेको ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानका बारेमा अन्तरक्रियासहित सामूहिक ध्यान गर्ने कार्यक्रम रहेको छ। यस अवसरमा अन्य सरोकार भएका निकायले पनि आज विभिन्न कार्यक्रम आयोजना गरेका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
‘ग्रीन आर्मी नेपाल’ विरुद्ध सर्वोच्चमा रिट
काठमाण्डौँ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीका क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गरी उद्धार तथा राहतमा खटिएको भन्दै ‘ग्रीन आर्मी नेपाल’ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरू साम्बराज अर्याल, पूर्ण...
अस्ट्रेलियामा अनियन्त्रित कार घर भत्काउँदै भित्र पस्यो, सुतिरहेकी नेपालीको मृत्यु
काठमाडौँ । अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेको नेपाली महिलाको ज्यान गएको छ । शुक्रबार राति छोरीको घरमा सुतिरहेकी विष्णुकुमारी गुरुङको दुर्घटनामा मृत्यु भएको हो । परिवारका अनुसार उनी ३ दिन अघि मात्र नेपालबाट अस्ट्रेलिया पुगेक...
त्रिशूलीमा फेला परेको बस सिमलतालमा पहिरोले पुरेको ‘गणपति डिलक्स’
काठमाडौँ । त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ दोद्राङ बेसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पार्ट्सपुर्जा फेला परेको थियो । पार...
आज विश्व खाद्य दिवस, प्रविधिमार्फत खाद्य सुरक्षा सुनिश्चित गर्न जोड
३० असोज, काठमाडौँ । विश्वभर आज विभिन्न कार्यक्रम गरी विश्व खाद्य दिवस मनाइंदैछ । हरेक वर्ष अक्टोबर १६ मा मनाइने यस दिवसले भोकमरी र कुपोषण अन्त्य गर्दै सबैका लागि पर्याप्त, सुरक्षित र पौष्टिक खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नुपर्ने आवश्यकतामा...
मकवानपुरमा टाटा सुमो दुर्घटना: ६ मृतक, चारको सनाखत
काठमाण्डौँ । मकवानपुरको भीमफेदी–६ जुरीखेतमा आइतबार साँझ टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये दुई नेपाली र दुई भारतीय नागरिकको सनाखत भएको छ भने दुई जनाको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा तीन जना घाइते छन्, जसमध्ये दुईको...
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ
काठमाडौँ । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदाइ गरेको हो ।
बिदाइका लागि संस्थानले करिब...



