मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

नियुक्त भएको ४ दिनमै ३ मन्त्रीलाई सांसदसमेत नरहने गरी बर्खास्त गरिँदै

Main News Image

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको केन्द्रीय निर्णय, नीति तथा निर्देशनको स्पष्ट उल्लङ्घन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन जना प्रदेश सभा सदस्यहरूप्रति कडा अनुशासनात्मक कदम चाल्ने अन्तिम तयारी गरेको छ ।

पार्टी अनुशासन समितिको सिफारिसका आधारमा अध्यक्ष राजेन्द्र लिङदेनले ती सांसदहरूलाई पदमुक्त गर्ने गरी कानुनी तथा राजनीतिक प्रक्रिया अगाडि बढाएका हुन्। यसअघि नै पार्टीको नीतिविपरीत सरकार निर्माण प्रक्रियामा संलग्न रहेको ठहर गर्दै राप्रपाले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई साधारण सदस्यताबाट समेत निलम्बन गरिसकेको छ ।

थापालाई प्रदेश सभा सदस्य सांसद पदबाट बर्खास्त गर्नका लागि प्रदेश सभा सचिवालयमा सिफारिस पठाइसकिएको छ। यसैक्रममा, सरकारमा सहभागी भई मन्त्री पदको शपथ ग्रहण गरेका प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिले सुरुमा १२ घण्टाको म्याद दिएर स्पष्टीकरण सोधेको थियो ।


mediabaaji add

सम्बन्धित खबर

निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना गर्ने मापदण्ड स्वीकृत

काठमाडौँ । सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन म्यादी प्रहरी भर्ना गर्ने मापदण्ड स्वीकृत गरेको छ। ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ मन्त्रिपरिषद्बाट पारित भएको हो ।<...

२३ र २४ गतेको घटनाको प्रतिवेदन अपूर्ण र अप्रमाणित : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानबिनका लागि गठित आयोगको प्रतिवेदनलाई ‘अपूर्ण र अप्रमाणित’ संज्ञा दिँदै उनले आफूमाथि लगाइएको फौजद...

एमालेका पूर्वसांसद भट्टचन पक्राउ

काठमाडौँ । प्रभु ग्रुपका अध्यक्ष तथा नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । आर्थिक हिनामिनाको आरोपमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।<...