पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक सवारीको भाडा दुई प्रतिशतले घट्यो
काठमाडौँ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर दुई प्रतिशतले घटाएको छ ।
नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४२ रुपैयाँ कटौती गरेपछि विभागले स्वचालित मूल्य प्रणालीका आधारमा नयाँ भाडादर कायम गरेको हो । बिहीबार सार्वजनिक सूचना जारी गर्दै विभागले यो परिमार्जित भाडादर आजैका मितिदेखि देशभरका लामो दूरीका सवारीसाधनमा लागू हुने स्पष्ट पारेको छ ।
विभागले यसअघि भाडादर समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो। तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र नयाँ मूल्यसूची अनुसार नेपालमा डिजेलको मूल्य प्रतिलिटर १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि भाडा घटाइएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुन तोलामा २ लाख ५४ हजार १०० रुपैयाँ कायम भए...
एपोलो हाइड्रोपावरले भोलिदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गर्दै
काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले भोलि फागुन ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलिदखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
...



