लुम्बिनीको जितसँगै एनपिएलको प्लेअफ समीकरण पूरा
काठमाडौँ । साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकाल्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपिएल दोस्रो संस्करणको प्लेअफमा पुग्ने चौथो टिम बनेको छ । लुम्बिनीको यो जितसँगै प्रतियोगिताको प्लेअफ पुग्ने चार टिमको टुंगो लागेको छ । प्रतियोगिताको लिग चरणबाट यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमाण्डू गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान सुनिश्चित गरेका थिए ।
हारसँगै जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र चितवन राइनोजको चुनौती भने लिग चरणबाटै समाप्त भएको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा जनकपुरले प्रस्तुत गरेको १३३ रनको मध्यम लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
एक्सप्रेस
सम्बन्धित खबर
साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा
काठमाडौँ । पोखरामा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले माघ १७ देखि सुरु हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
घोषित टोल...
एनपीएलमा आज दुई खेल : पहिलो जितको खोजीमा काठमाडौं, शीर्ष स्थान बलियो बनाउने दाउमा कर्णाली र चितवन
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज सोमबार दुई महत्त्वपुर्ण खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । दिनको पहिलो खेलमा दिउँसो १२:३...
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट : खेल तालिका सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपालमा आयोजना हुने आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । क्यानले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’...
त्रिवि क्रिकेट रंगशाला ३५ दिनभित्र खाली गर्न अल्टिमेटम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले त्रिवि क्रिकेट रगंशाला खाली गर्न नेपाल क्रिकेट संघ ९क्यान०लाई ३५ दिने अल्टिमेटम दिएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउन गत ४ वैशाखमा त्रिविले ३५ दिनको सूचना जारी गरेकोमा सो अन्तर्गत क्रिकेट रगंशाला पनि परेको छ ।...
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै
काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रत...
एसियाली खेलकुदबाट नेपाली क्रिकेट टोली स्वदेश फिर्ता : ऐतिहासिक जित दर्ता गरे पनि वर्षा बन्यो बाधक
काठमाडौँ । बीसौँ एसियाली खेलकुदमा सहभागिता जनाएर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली आज राति जापानको टोकियोबाट स्वदेश फर्किएको छ। स्वदेश फर्किएका टोलीका खेलाडी तथा पदाधिकारीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानक...



