विप्लवद्वारा अगाडि सारिएको सर्वपक्षीय सरकार निर्माणमा जेनजी मुभमेन्ट नेपालको साथ
काठमाडौँ । जेन्जी विद्रोहका क्रममा नवोदित पुस्ताले उठाएका राजनीतिक तथा शासकीय मुद्दाहरू अझै सम्बोधन नभएको भन्दै जेन्जी मुभमेन्ट नेपालले वर्तमान अवस्थामा पुरानै शासकीय स्वरूपमा गरिने निर्वाचन देश र जनताप्रति धोका हुने चेतावनी दिएको छ । मुभमेन्टले समस्याको जड नछोई जबरजस्ती देशलाई निर्वाचनतर्फ लैजानु सामाजिक द्वन्द्वलाई गहिर्याउँदै गृहयुद्धको जोखिम निम्त्याउने कार्य हुने दाबी गरेको छ ।
मिति २०८२ पौष ११ गते जारी प्रेस वक्तव्यमा भाद्र २३ र २४ गते नवोदित पुस्ताको आह्वानमा भएको जेनजी विद्रोहलाई गहिरो राजनीतिक जागरणको अभिव्यक्ति भएको उल्लेख गर्दै, त्यसबाट उठेका माग र चेतनालाई संविधानमै संस्थागत नगरेसम्म संघर्ष जारी रहने स्पष्ट गरिएको छ ।
वक्तव्यमा वर्तमान सरकारले राजनीतिक तथा नैतिक वैधता गुमाइसकेको दाबी गर्दै तुरुन्तै सत्ता छोड्न माग गरिएको छ। साथै देशलाई विद्यमान संवैधानिक र राजनीतिक सङ्कटबाट मुक्त गर्न सर्वपक्षीय सरकार निर्माण गरी सर्वपक्षीय सहमतिमार्फत नयाँ राजनीतिक निकास खोज्नुपर्नेमा जोड दिइएको छ ।
यसैक्रममा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले अघि सारेको सर्वपक्षीय सहमतिमा आधारित सरकार निर्माणको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको जनाउँदै, जेन्जी विद्रोहका मुद्दा पूरा गराउन उक्त राजनीतिक दलसहित रूपान्तरणको पक्षमा उभिने जुनसुकै समूह, दल वा व्यक्तिसँग सहकार्य गर्न जेन्जी मुभमेन्ट नेपाल तयार रहेको प्रवक्ता विजय शाहले बताएका छन् ।
प्रवक्ता शाहका अनुसार यो संघर्ष सत्ता परिवर्तनका लागि मात्र नभई राज्यको चरित्र परिवर्तनका लागि केन्द्रित छ। जेन्जी मुभमेन्ट नेपालले यसअघि नै सर्वपक्षीय सरकार निर्माणका लागि वर्तमान सरकारको राजिनामा मागिसकेको थियो।आज मात्रै माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दले सुशीला कार्कीलाई धम्की दिँदै सर्वपक्षीय सरकार बन्नुपर्ने अडान लिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
रास्वपा सभापति लामिछानेले बोलाएको बैठकमा गगन थापा, प्रचण्ड र शंकर पोखरेल सहभागी
काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक राष्ट्रिय विषयमा साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा जारी बैठकमा नेपाली...
पूर्वसभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध अख्तियार दुरुपयोग अन्सन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गर्ने भएको छ । मुद्दा दर्ता गर्नका लागि आयोगको टोली विशेष अदालतमा पुगेको छ । महराविरुद्ध विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोग...
विविधतामा एकता र समानतामा आधारित नेपाल निर्माण गरौँ : कुलमान घिसिङ
काठमाण्डौँ । विश्व आदिवासी दिवसका अवसरमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाललगायत विश्वभरका सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन् ।
यस वर्ष संयुक्त राष्ट्रसङ्घले तय गरेको ‘हाम्रा आदिवासी प्रसूतिकर्मीको स...
सर्वोच्चले दियो गगन नेतृत्वको कांग्रेसलाई आधिकारिकता
काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । न्यायाधीशहरु शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिक...
ओली समूहमा अर्को विद्रोह : रघुजी पन्तले छाडे साथ
काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले ११औँ महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् । पन्तले अध्यक्ष केपी शर्मा ओलीको समूह छाडी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने...
कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ
काठमाडौँ । सुशीला कार्की नेतृत्वको सरकारमा ४ मन्त्री थपिएका छन् । आजै राष्ट्रपति निवास शितलनिवासमा चार मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् चौथोपटक भएको हो । नवनियुक्त मन्त्रीहरुमध्ये कुमार इङ्नामले भूमि व्यवस्था,राजेन्...



