मङ्गलबार, ०६ असोज २०८३
नेपाली

धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

Main News Image

सर्लाही । धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार बिहान मिथिला नगरपालिका-२ नकटाझिजस्थित जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१– ०३१ च २०३६ नम्बरको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो ।

कारको ठक्करबाट साईकलमा सवार जिल्लाकै मिथिला नगरपालिका(१ कि ५५ वर्षीया सुमित्रा देवी महतोको मृत्यु भएको छ । कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा उनका श्रीमान ६० वर्षीय राज कुमार महतो गम्भीर घाइते भएका छन् । अहिले राज कुमारको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । ठक्कर दिने कार र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् । पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाट...

भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । समितिका...

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

काठमाडौँ । बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक संघसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ । संयुक्त राष्ट्...

त्रिविको जग्गा अतिक्रमणमा अख्तियारले थाल्यो छानबिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविको नाममा रहेको हजारौँ रोपनी जग्गा हिनामिना र अतिक्रमणको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक छानबिन थालेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शिक्षा म...

भोटेकोशी बाढी : भग्नावशेष हटाउन र व्यवस्थापन गर्न साढे ९५ अर्ब खर्च लाग्ने अनुमान

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण थुपारिएका ढुंगा, माटो, बालुवा तथा भवनका भग्नावशेषहरू हटाउन र तत्काल तथा दीर्घकालीन पुनःस्थापनाका लागि मात्रै ९५ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय...