जंगली बँदेलका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु
गुल्मी । गुल्मीमा जंगली बँदेल नियन्त्रणका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको दुःखद मृत्यु भएको छ । बाली जोगाउन राखिएको करेन्टमा परेर धुर्कोट गाउँपालिका(५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीकी ६० वर्षीया श्रीमती हुमकला भण्डारीको मृत्यु भएको हो । भण्डारी दम्पत्तीका दुई छोरा र एक बुहारी रोजगारीको सिलसिलामा दुबईमा रहेका तथा छोरीको विवाह भइसकेकाले घरमा उनीहरू दुई जना मात्र बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार भेषराज भण्डारीले घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा मंगलबार साँझ बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी बँदेल नियन्त्रणका लागि विद्युतीय धराप थापेका थिए।
प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० वीरेन्द्र वीर विश्वकर्माका अनुसार मध्यराति करिब १स्३० बजे हुमकला उक्त धरापमा परेकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट श्रीमानले विद्युतीय धराप थापेको विषय हुमकलालाई जानकारी भए पनि मध्यरातमा बँदेल पर्यो कि भन्ने आशंकामा उनी एक्लै बारीतर्फ गएको र सोही क्रममा गल्तीवश विद्युतीय धराप छुँदा करेन्ट लागेको खुलेको छ।
धुरापमा परेर हुमकला चिच्याएपछि छिमेकीले थाहा पाएर प्रहरीको १०० नम्बरमा खबर गरेका थिए। धुर्कोट गाउँपालिका वडा नं। ५ का अध्यक्ष केशवराज भण्डारीका अनुसार श्रीमती धरापमा परेको र छिमेकीले प्रहरीलाई खबर गरेको धेरै समयपछि मात्र श्रीमान भेषराजले घटनाबारे जानकारी पाएका थिए।
करेन्ट लागेर गम्भीर घाइते भएकी हुमकलालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको भए पनि चिकित्सकले बिहान ३स्२५ बजे उनलाई मृत घोषणा गरेका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
देशभर हर्षोल्लासका साथ बकर इद मनाइँदै,लगातार चार दिन सार्वजनिक विदा
काठमाडौँ । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद ९इदुल जोहा० आज देशभरका मस्जिद तथा इदगाहहरूमा सामूहिक नमाज पढ्दै हर्षोल्लासका साथ मनाइँदैछ । इदुल फित्र रमजानको ७० औँ दिनमा मनाइने यो पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिए...
झिसेमा स्कूल भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते
पोखरा । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको उद्धार...
सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का
काठमाडौँ । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक ९४.१० रेक्टरस्केलको...
बजार अनुमगनलाई तीव्र पार्दै विभाग
काठमाडौँ । चाडबाडको समयमा मात्रै बजार अनुगमन गरेको र अन्य समयमा भने चुपचाप बस्ने गरेको भनेर वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागप्रति गुनासो हुने गरेको थियो। तर, विभागका पछिल्ला गतिविधि र बजार अनुगमनलाई आयोजकले...
पर्यटकले गुल्जार गाभर भ्याली, जहाँ नजिकै देख्न पाइन्छ बाघ
काठमाडौँ । बाघ, हात्ती र चितुवा लगायतका बन्यजन्तु सजिलै हेर्न सकिने भएकाले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक होमस्टे आन्तरिक पर्यटकले गुल्जार बनेको छ । दसैँ तिहार जस्ता मुख्य चाडपर्व सकिएसँगै गाभर भ्...
नेपाल-चीन महिला सहकार्यको ऐतिहासिक सम्मेलन
काठमाडौँ । जनवादी गणतन्त्र चीनको सिजाङ तिब्बत प्रान्तको परराष्ट्र मामिला कार्यालयको निमन्त्रणामा आयोजित महिला सम्मेलनमा नेपाल–चीन महिला सहकार्य गर्ने विषयमा छलफल भएको छ । यही मङ्सिर ८ गतेदेखि १२ गतेसम्म सिजाङ स्व...



