बिहिबार, १२ कात्तिक २०८३
नेपाली

जंगली बँदेलका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु

Main News Image

गुल्मी । गुल्मीमा जंगली बँदेल नियन्त्रणका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको दुःखद मृत्यु भएको छ । बाली जोगाउन राखिएको करेन्टमा परेर धुर्कोट गाउँपालिका(५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीकी ६० वर्षीया श्रीमती हुमकला भण्डारीको मृत्यु भएको हो । भण्डारी दम्पत्तीका दुई छोरा र एक बुहारी रोजगारीको सिलसिलामा दुबईमा रहेका तथा छोरीको विवाह भइसकेकाले घरमा उनीहरू दुई जना मात्र बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार भेषराज भण्डारीले घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा मंगलबार साँझ बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी बँदेल नियन्त्रणका लागि विद्युतीय धराप थापेका थिए।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० वीरेन्द्र वीर विश्वकर्माका अनुसार मध्यराति करिब १स्३० बजे हुमकला उक्त धरापमा परेकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट श्रीमानले विद्युतीय धराप थापेको विषय हुमकलालाई जानकारी भए पनि मध्यरातमा बँदेल पर्‍यो कि भन्ने आशंकामा उनी एक्लै बारीतर्फ गएको र सोही क्रममा गल्तीवश विद्युतीय धराप छुँदा करेन्ट लागेको खुलेको छ।

धुरापमा परेर हुमकला चिच्याएपछि छिमेकीले थाहा पाएर प्रहरीको १०० नम्बरमा खबर गरेका थिए। धुर्कोट गाउँपालिका वडा नं। ५ का अध्यक्ष केशवराज भण्डारीका अनुसार श्रीमती धरापमा परेको र छिमेकीले प्रहरीलाई खबर गरेको धेरै समयपछि मात्र श्रीमान भेषराजले घटनाबारे जानकारी पाएका थिए।

करेन्ट लागेर गम्भीर घाइते भएकी हुमकलालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको भए पनि चिकित्सकले बिहान ३स्२५ बजे उनलाई मृत घोषणा गरेका थिए।

mediabaaji add

सम्बन्धित खबर

एनआरएनए एकतापछि स्टेरिङ कमिटीको बैठक आज बस्दै

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको एकतापछि गठन भएपछि स्टेरिङ कमिटीको पहिलो बैठक बस्दै छ । डिसेम्बर ५ तारिख शुक्रवार बिहान ९ बजे बैठक बस्ने जनाइएको छ । गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एनआरएनएका...

झिसेमा स्कूल भ्यान दुर्घटना हुँदा २३ विद्यार्थी घाइते

पोखरा । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

घाइते सबैको उद्धार...

दसैँको साइत_कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम

२१ असोज, काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान ०८ः४९ बजे देवी विसर्जन गरी १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका...

भाइटीकाको उत्तम साइत ११:३९ बजे, टीका लगाउँदा को-कता फर्किने ?

काठमाडौँ । यस वर्षको भाइटीकाको उत्तम साइत बिहीबार बिहान ११ः३९ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर...

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ । २०८३ साल साउन १८ गते सोमबार सन् २०२६ अगष्ट ३ तारिख। साउन कृष्ण पक्षको पञ्चमी तिथि । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।

शिवका लागि समर्पित सोमबार...

हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने

हेटौंडा । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथअन्तर्गत हेटौंडा बजार क्षेत्रमा सुरु भएको सडक विस्तारका कारण यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाले मुख्य बजार क्षेत...