शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

निर्वाचन आयोगको कार्यतालिका दलहरूले किन गरे अस्वीकार ?

Main News Image

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार राजनीतिक दलहरूसँग छलफल गर्यो । छलफलका क्रममा आयोगले निर्वाचनको कार्यतालिकासमेत प्रस्ताव गरेको थियो । जसअनुसार उम्मेदवार मनोनयनका लागि माघ ६ गतेको मिति प्रस्ताव गरिएको थियो । तर दलहरूले भने यसमा सहमति जनाएनन्।

राजनीतिक दलले पहिले भयरहित निर्वाचन हुने किटान हुनुपर्ने दोहोर्‍याएका थिए। ‘प्रस्तावित मितिमा दलहरूले सहमति नजनाएपछि अर्को छलफलमा बस्ने कुरा भएको छ’ आयोग स्रोतले भन्यो। आयोगले प्रचारप्रसारका लागि १५ दिनको समय दिने प्रस्ताव पनि गरेको थियो। त्यस्तै समानुपातिकतर्फको उम्मेदवारी बन्दसूची पेस गर्ने मिति भने पुस १८ र १९ गते तय भइसकेको छ। यसको पनि मिति हेरफेर गर्ने प्रस्ताव दलहरूले गरेका छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठन भएको छ।

mediabaaji add

सम्बन्धित खबर

मोदीसँगको भेट तय नभएपछि कांग्रेस सभापति थापाको भारत भ्रमण स्थगित

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको आसन्न भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । भ्रमणका लागि शनिबार नै नयाँदिल्ली प्रस्थान गर्ने तयारी भए पनि उनको भ्रमण अन्तिम समयमा रोकिएको हो । सभापति थापा पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा...

सात महिनापछि गृहमन्त्री अर्यालमाथि मुद्दा चलाउँछौँ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि मुद्दा चलाउने चेतावनी दिएका छन् । जेनजी आन्दोलनमा भएका आगजनी, तोडफोड तथा लुटपाटका प्रमाण नष्ट गरेको अभियोगमा गृहमन्त्री अर्यालमाथि...

प्रकाण्डले भने- हामीले लिएको कदम र चुनावमा प्रवेश गरेको कुराले विशेष स्थान राख्नेछ

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। आज दिउँसो आयोगमा पुगेर उनी नेतृत्वको पार्टिले दल दर्ताका लागि निवेदन दिएको हो...

छिन्नभिन्न हुँदै एकीकृत समाजवादी, माधव नेपालले अलपत्र पारेको आरोप

काठमाडौँ । दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी छिन्नभिन्न हुने भएको छ । नेकपा एमालेबाट छुट्टिएर बेग्लै संगठन निर्माण गरेको चार वर्षपछि एकीकृत समाजवादी विघटनको बाटोमा अघि बढेको छ । अध्यक्ष माधवक...

अध्यक्ष ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्दै

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन्...

रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

काठमाण्डौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । आगामी स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणलाई केन्द्र...