रवि–बालेन सहमतिबाट किन बाहिरिए कुलमान ?
काठमाडौँ । शनिबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच आगामी निर्वाचनमा मिलेर जाने सम्भावना खोज्न छलफल सुरु भयो । छलफलमा प्रवेश गरे, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने । छलफल सुरुमा बालेन र कुलमानबीच थियो । रवि पनि थपिएपछि त्रिपक्षीय भयो । आइतबार बिहान उज्यालो हुँदा नहुँदै रवि र बालेनबीच सहमति भयो, कुलमान बाहिरिए । यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र देश विकास पार्टी अघि सारेका बालेनबीच पटक– पटक छलफल हुँदै आएको र सहमतिनजिक पुगेका समाचारसमेत आइरहेका थिए । कुलमान र रविबीच भने खासै छलफल भएको थिएन ।
तर, अन्ततः रवि र बालेनबीच सहमति भएको छ, कुलमान बाहिरिएका छन्। तीन नेताबीच शक्ति बाँडफाँडमा सहमति नहुँदा घिसिङ यो एकता प्रक्रियाबाट बाहिरिएका हुन्। रातभरको छलफलपछि आइतबार बिहान रवि र बालेनले मात्रै सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेर सार्वजनिक गरेका छन्। यसले रवि, बालेन र कुलमानको एउटै शक्ति बनाउने प्रयास असफल भएको छ।
दुई पक्षबीच एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी तथा सभापति लामिछाने नै रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने समझदारी भएको छ। तीन नेताबीच वृहत एकताको लागि गएराति बालुवाटारको एक घरमा लामो छलफल चलेको थियो। घिसिङ र बालेन शाहबीच छलफल चलिरहेको ठाउँमा रास्वपा सभापति रवि लामिछाने प्रवेश गरेपछि तीन नेताबीच शक्ति बाँडफाँडमा कुराकानी चलेको थियो।
तर, छलफलमा पार्टीको नाम, चुनाव चिह्न, सभापति सबै रास्वपाबाट हुने, बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएपछि घिसिङ यो एकता प्रक्रियामा सहमत नभएका स्रोतले जनाएको छ। छलफलमा कुलमानले पार्टीको नाम र चुनाव चिह्न आफ्नो दलको स्वीकारे अध्यक्ष र प्रधानमन्त्री दुवै पद आफूलाई नचाहिने बताएका थिए। तर, कुलमानको यो प्रस्तावमा रवि र बालेन सहमत नभएपछि कुलमान यो एकतामा सहभागी भएनन्।
एक्सप्रेस
सम्बन्धित खबर
रवि र बालेनको सहमतिको दस्तावेज तयार हुँदै, यस्ता छन् सहमतिका प्रमुख बुँदाहरू
काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीच सहमति विकास हुँदै गएको उनीहरुका निकटस्थ व्यक्तिहरुले बताएका छन् । उनीहरुबीचको छलफल सहमति उन्मुख रहेको र सहमतिलाई दस्तावेजीकरण गर्नका लागि सहमति पत्रको खाका तयार पार्ने काम भइरहेको...
सुशासन र समृद्धिको आधार निर्माणमा युवाको सक्रिय भूमिका अपरिहार्य छ : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहँदै आएको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना स...
गगन थापाले सभापतिबाट दिए राजीनामा
काठमाडौँ । निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति गगन थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उन...
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
सुर्खेत । कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित गरिएको छ । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्ने सङ्कल्पसहितको ६ बुँदे प्रस्ताव पारित गरिएको हो ।
कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रमु...



