बुधबार, ११ कात्तिक २०८३
नेपाली

को हुन् जेनजी आन्दोलन भड्काउने टीओबी समूह ?

Main News Image

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन भड्काएको आरोप लागेका तिब्बतीयन ओरिजिनल ब्लड टीओबी समूह नेपाली बाइक राइडरहरूको समूह भएको खुलेको छ । उक्त समूहका एक जना दाबा लामाबाहेक सबै नेपाली रहेको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार दाबा लामाका लागि टीओबी ‘तिब्बतीयन ओरिजिनल ब्लड’ हो भने अन्य सदस्यका लागि ‘द ओरिजिनल ब्रदर्स’ हो ।

सोमबार जिल्ला प्रहरी पसिरमा आयोजित पत्रकार सम्मेलनमा एसपी भट्टराईले भने, ‘टीओबी तेन्जिनबाहेक अरु व्यक्तिको बुझाईमा द ओरिजिनल ब्रदर्स हो, फेसबुक, इन्स्टाग्राममा पनि त्यही लेखिएको छ।’ प्रहरीले जेनजी आन्दोलनबारे बिस्तृत विवरण प्रस्तुत गर्दै टीओबीबारेको अनुसन्धान निष्कर्ष पनि सार्वजनिक गरेको हो।

आन्दोलनका क्रममा चर्को आवाजमा बाइक कुदाउँदै परिस्थिति भड्काएको आरोप लागेको टीओबी समूहका तेन्जिन दावा लामाबाहेक अरुको तिब्बतसँग कुनै सम्बन्ध देखिएको छैन । समूहका उनीबाहेक अरु सबै सदस्य नेपाली नागरिक रहेको प्रहरीले उल्लेख गरेको छ।

बिजुलीबजारमा पेस्तोल देखाएको भिडियो सार्वजनिक भएपछि पक्राउ परेका उनलाई प्रहरीले सुरुमा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो । यद्यपि, त्यो भिडियो जेन–जी आन्दोलनको बेलाको नभई, केही महिना पहिल्यै म्युजिक भिडियो बनाउँदाको भएको प्रहरीको भनाइ छ ।

उनलाई अभद्र व्यवहारको कसुरमा ७ हजार ५ सय रुपैयाँ धरौटी प्रशासनले मागेको थियो। उनीमाथि लिखत, नागरिकता र राहदानीसम्बन्धी कसुरमा पनि अनुसन्धान भइरहेको छ। प्रहरीले उनीको साथबाट गाँजासमेत बरामद भएकाले लागूऔषधको कसुरमासमेत अनुसन्धान गरिरहेको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

निर्णय विपरीत उम्मेदवारी दिएपछि नेकपाद्वारा सात नेता–कार्यकर्ता निष्कासित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै सात जना नेता तथा कार्यकर्तालाई संगठनबाट हटाएको छ । पार्टीको आधिकारिक निर्णयलाई चुनौती दिँदै उम्मेदवारी दिएको तथा त्यस्ता उम्मेदवारलाई साथ दिएको आरोपमा उनीहरूलाई निस...

एमाले महाधिवेशन : मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित

बागमती । नेपाल कम्युनिष्ट पार्टी एमालेको ११औं महाधिवेशनका लागि मकवानपुर क्षेत्र नं १ मा निर्वाचनमार्फत प्रतिनिधि चयन भएको छ । हेटौंडामा सम्पन्न निर्वाचनमा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल पराजित भएका छन् । महाधिव...

मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

काठमाडौँ । फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् ।

सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा,...