शनिबार, २४ असोज २०८३
नेपाली

काँग्रेस महाधिवेशन धादिङ संयोजक थापाको राजनैतिक पृष्ठभूमि!

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले धादिङमा संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ। महाधिवेशनको तयारी तथा आवश्यक परिचालनका लागि देउवा समूहअन्तर्गत नेपाली कांग्रेस धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ ले रवि सुदन थापालाई परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको जनाएको छ ।

असोज १५ गतेदेखि सुरु हुने भनिएको १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्षेत्र नं १ मा पार्टीका नेता तथा कार्यकर्ताबीच समन्वय, आवश्यक तयारी र परिचालनका गतिविधि अघि बढाइने बताइएको छ । थापाको संयोजकत्वमा रहने परिचालन समितिले महाधिवेशनसँग सम्बन्धित तयारीलाई व्यवस्थित बनाउने तथा क्षेत्रअन्तर्गतका नेता–कार्यकर्तालाई आवश्यक समन्वय र परिचालन गर्ने जिम्मेवारी पाउने जनाइएको छ ।

नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका रबि सुदन थापाले पार्टीको संगठन निर्माण, अधिवेशन तथा विभिन्न राजनीतिक गतिविधिमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको छ ।  थापाको राजनीतिक यात्रा नेपाली कांग्रेससँग लामो समयदेखि जोडिएको छ । 

विवरणअनुसार  थापाले २०६२/०६३ सालमा नेपाली कांग्रेसको जनआन्दोलनसम्बन्धी गतिविधिमा सहभागिता जनाउनुभएको उल्लेख छ । त्यस समयमा उनी पार्टीका राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहनुभएको छ।

त्यसैगरी उनले नेपाली कांग्रेसको जनआन्दोलन तथा संगठन विस्तारसम्बन्धी गतिविधिमा सक्रिय रहनुभएको थियो । पार्टीका विभिन्न कार्यक्रम तथा अभियानमा सहभागी हुँदै  थापाले संगठनलाई बलियो बनाउन भूमिका निर्वाह गरे । 

२०६४ सालमा समेत थापाले नेपाली कांग्रेसको जिल्ला तहका संगठनात्मक गतिविधिमा महत्वपूर्ण सहभागिता जनाए । पार्टीको जिल्ला तहमा रहेर संगठन निर्माण तथा राजनीतिक गतिविधिमा सक्रिय रहेर काम गरे । 

त्यसपछि २०६५ सालमा  थापाले नेपाली कांग्रेसको जिल्ला अधिवेशन तथा पार्टीका अन्य संगठनात्मक गतिविधिमा सहभागिता जनाउनुभएको थियो । पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाअन्तर्गत हुने अधिवेशन तथा संगठनात्मक काममा थापाको निरन्तर संलग्नता रहेको देखिन्छ।

२०६६ सालदेखि रबि सुदन थापाले केन्द्रदेखि जिल्ला तहसम्मका पार्टीका विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गरिएको छ। नेपाली कांग्रेसका विभिन्न अधिवेशन, महासमिति तथा संगठनात्मक कार्यक्रममा सहभागी हुँदै रबि सुदन थापाले पार्टीको गतिविधिलाई निरन्तरता दिनुभएको विवरणमा उल्लेख छ।

रबि सुदन थापा नेपाली कांग्रेसका विभिन्न महाधिवेशन तथा महासमिति प्रक्रियामा समेत सहभागी हुनुभएको छ । पार्टीको महाधिवेशन प्रतिनिधि तथा विभिन्न संगठनात्मक प्रक्रियामा संलग्न हुँदै उनले पार्टीभित्रको जिम्मेवारी निर्वाह गरे । 

त्यस्तै, स्थानीय, जिल्ला तथा विभिन्न तहका निर्वाचनमा समेत  थापाको सहभागिता र प्रतिनिधित्व रहेको विवरणमा उल्लेख गरिएको छ। पार्टीका विभिन्न निर्वाचन तथा अधिवेशन प्रक्रियामा सहभागी हुँदै  रबि सुदन थापाले संगठनात्मक गतिविधिमा आफ्नो भूमिका कायम राख्नुभएको देखिन्छ।

थापाको राजनीतिक यात्रा नेपाली कांग्रेससँग लामो समयदेखि जोडिएको र उहाँले पार्टीका विभिन्न तह, अधिवेशन, निर्वाचन तथा संगठनात्मक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको देखाउँछ । 

mediabaaji add

सम्बन्धित खबर

चाडपर्व सकिएलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले चाडपर्व सकिएलगत्तै आफ्नो पार्टी सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने बताएका छन्। मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सरकार महँगी, भ्रष्टाचार र कुशासनमा...

भारतका लागि अमेरिकी राजदूत काठमाडौं आउँदै

काठमाडौँ । अमेरिकी उच्च अधिकारीहरूको नेपाल भ्रमणको सिलसिलालाई निरन्तरता दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर आज काठमाडौं आइपुग्दैछन् ।

दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरको...

एमाले नेता भट्टचन हिरासतबाट छुटे

काठमाडौँ । आर्थिक हिनामिनामा मुछिएका नेकपा एमाले नेता देवीप्रकाश भट्टचन हिरासतबाट छुटेका छन् । भट्टचनलाई अदालतले थुनामा राख्न म्याद नदिएपछि थुनामुक्त भएका हुन । उनलाई अदालतले हिरासत बाहिरै राखेर अनुसन्धान गर्न छुट दिएक...

प्रतिनिधिसभा निर्वाचन २०८२ : बन्दसूची संकलन सुरु, १३४ नाम दर्ता

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनको समय पौष १३ र १४ गतेसम्म तोकिएको छ । जसमा आजबाट सुरु भएको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनमा आइतबार तीन...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा शेखर कोइरालाले भेट गरेका छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपल...

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद डिपी अर्यालको सभापतित्वमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी असोज १५ गतेसम्मको कार्यतालिका क्यालेन्डरतय गरेको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको परामर्श समितिको बैठकले आगामी असोज...