काँग्रेस महाधिवेशन धादिङ संयोजक थापाको राजनैतिक पृष्ठभूमि!
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले धादिङमा संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ। महाधिवेशनको तयारी तथा आवश्यक परिचालनका लागि देउवा समूहअन्तर्गत नेपाली कांग्रेस धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ ले रवि सुदन थापालाई परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको जनाएको छ ।
असोज १५ गतेदेखि सुरु हुने भनिएको १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्षेत्र नं १ मा पार्टीका नेता तथा कार्यकर्ताबीच समन्वय, आवश्यक तयारी र परिचालनका गतिविधि अघि बढाइने बताइएको छ । थापाको संयोजकत्वमा रहने परिचालन समितिले महाधिवेशनसँग सम्बन्धित तयारीलाई व्यवस्थित बनाउने तथा क्षेत्रअन्तर्गतका नेता–कार्यकर्तालाई आवश्यक समन्वय र परिचालन गर्ने जिम्मेवारी पाउने जनाइएको छ ।
नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका रबि सुदन थापाले पार्टीको संगठन निर्माण, अधिवेशन तथा विभिन्न राजनीतिक गतिविधिमा निरन्तर योगदान पुर्याउँदै आउनुभएको छ । थापाको राजनीतिक यात्रा नेपाली कांग्रेससँग लामो समयदेखि जोडिएको छ ।
विवरणअनुसार थापाले २०६२/०६३ सालमा नेपाली कांग्रेसको जनआन्दोलनसम्बन्धी गतिविधिमा सहभागिता जनाउनुभएको उल्लेख छ । त्यस समयमा उनी पार्टीका राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहनुभएको छ।
त्यसैगरी उनले नेपाली कांग्रेसको जनआन्दोलन तथा संगठन विस्तारसम्बन्धी गतिविधिमा सक्रिय रहनुभएको थियो । पार्टीका विभिन्न कार्यक्रम तथा अभियानमा सहभागी हुँदै थापाले संगठनलाई बलियो बनाउन भूमिका निर्वाह गरे ।
२०६४ सालमा समेत थापाले नेपाली कांग्रेसको जिल्ला तहका संगठनात्मक गतिविधिमा महत्वपूर्ण सहभागिता जनाए । पार्टीको जिल्ला तहमा रहेर संगठन निर्माण तथा राजनीतिक गतिविधिमा सक्रिय रहेर काम गरे ।
त्यसपछि २०६५ सालमा थापाले नेपाली कांग्रेसको जिल्ला अधिवेशन तथा पार्टीका अन्य संगठनात्मक गतिविधिमा सहभागिता जनाउनुभएको थियो । पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाअन्तर्गत हुने अधिवेशन तथा संगठनात्मक काममा थापाको निरन्तर संलग्नता रहेको देखिन्छ।
२०६६ सालदेखि रबि सुदन थापाले केन्द्रदेखि जिल्ला तहसम्मका पार्टीका विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गरिएको छ। नेपाली कांग्रेसका विभिन्न अधिवेशन, महासमिति तथा संगठनात्मक कार्यक्रममा सहभागी हुँदै रबि सुदन थापाले पार्टीको गतिविधिलाई निरन्तरता दिनुभएको विवरणमा उल्लेख छ।
रबि सुदन थापा नेपाली कांग्रेसका विभिन्न महाधिवेशन तथा महासमिति प्रक्रियामा समेत सहभागी हुनुभएको छ । पार्टीको महाधिवेशन प्रतिनिधि तथा विभिन्न संगठनात्मक प्रक्रियामा संलग्न हुँदै उनले पार्टीभित्रको जिम्मेवारी निर्वाह गरे ।
त्यस्तै, स्थानीय, जिल्ला तथा विभिन्न तहका निर्वाचनमा समेत थापाको सहभागिता र प्रतिनिधित्व रहेको विवरणमा उल्लेख गरिएको छ। पार्टीका विभिन्न निर्वाचन तथा अधिवेशन प्रक्रियामा सहभागी हुँदै रबि सुदन थापाले संगठनात्मक गतिविधिमा आफ्नो भूमिका कायम राख्नुभएको देखिन्छ।
थापाको राजनीतिक यात्रा नेपाली कांग्रेससँग लामो समयदेखि जोडिएको र उहाँले पार्टीका विभिन्न तह, अधिवेशन, निर्वाचन तथा संगठनात्मक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको देखाउँछ ।
एक्सप्रेस
सम्बन्धित खबर
सभामुख अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्ने भएका छन् । यो बैठक आज बिहान १०:०० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा बस्ने तय भएको छ ।
बैठकको मुख्य एज...
कानुनविद्हरूसँग राष्ट्रपति जुटे छलफल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे कानुनविद्हरूसँग छलफल थालेका छन् । अहिले राष्ट्रपति कार्यालय, शीतलनिवासमा कानुनविद्हरूसँग राष्ट्रपतिको छलफल जारी रहेको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।
सीमासम्बन्धी अभिव्यक्तिबारे संसद्मा थप जवाफ नदिने बालेन
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी आफ्नो अभिव्यक्तिका विषयमा संसद्मा थप जवाफ नदिने भएका छन् । सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा उठेका प्रश्न र जिज्ञासाप्रति आफ्नो धारणा यसअघि नै स्पष्ट गरिसकेको भन्दै प्रधानमन्त्री शाहले यस विष...
प्रदेशमा चाँडै सरकार बनाउन ओली र प्रचण्डको निर्देशन, भट्टलाई नै मुख्यमन्त्री बनाउने सहमति
कैलाली । नयाँ सत्ता समीकरणअनुसार सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रचण्ड र ओलीको निर्देशनपछि नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक गृहकार्यमा सहमति जुटेको छ । केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा सं...
आध्यात्मिक जीवनशैली मानसिक स्वास्थ्य सुधारका लागि उपयोगी हुन्छ – स्वास्थ्यमन्त्री डा गौतम
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताएकी छिन् । तरङ्गीनि फाउण्डेशनले आ...
आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने
काठमाडौँ । नेकपा एमालेले आज देशका सबै जिल्लामा जनप्रदर्शन गर्दै छ । सबै जिल्लाका सदरमुकाम वा ठूला सहरमा हुने जनसभालाई एमालेका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । यसका लागि सबै केन्द्रीय सदस्य जिल्लामा खटिएक...



