मङ्गलबार, ०३ कात्तिक २०८३
नेपाली

काँग्रेस महाधिवेशन धादिङ संयोजक थापाको राजनैतिक पृष्ठभूमि!

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले धादिङमा संगठनात्मक गतिविधिलाई तीव्रता दिएको छ। महाधिवेशनको तयारी तथा आवश्यक परिचालनका लागि देउवा समूहअन्तर्गत नेपाली कांग्रेस धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ ले रवि सुदन थापालाई परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको जनाएको छ ।

असोज १५ गतेदेखि सुरु हुने भनिएको १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्षेत्र नं १ मा पार्टीका नेता तथा कार्यकर्ताबीच समन्वय, आवश्यक तयारी र परिचालनका गतिविधि अघि बढाइने बताइएको छ । थापाको संयोजकत्वमा रहने परिचालन समितिले महाधिवेशनसँग सम्बन्धित तयारीलाई व्यवस्थित बनाउने तथा क्षेत्रअन्तर्गतका नेता–कार्यकर्तालाई आवश्यक समन्वय र परिचालन गर्ने जिम्मेवारी पाउने जनाइएको छ ।

नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका रबि सुदन थापाले पार्टीको संगठन निर्माण, अधिवेशन तथा विभिन्न राजनीतिक गतिविधिमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएको छ ।  थापाको राजनीतिक यात्रा नेपाली कांग्रेससँग लामो समयदेखि जोडिएको छ । 

विवरणअनुसार  थापाले २०६२/०६३ सालमा नेपाली कांग्रेसको जनआन्दोलनसम्बन्धी गतिविधिमा सहभागिता जनाउनुभएको उल्लेख छ । त्यस समयमा उनी पार्टीका राजनीतिक तथा संगठनात्मक गतिविधिमा सक्रिय रहनुभएको छ।

त्यसैगरी उनले नेपाली कांग्रेसको जनआन्दोलन तथा संगठन विस्तारसम्बन्धी गतिविधिमा सक्रिय रहनुभएको थियो । पार्टीका विभिन्न कार्यक्रम तथा अभियानमा सहभागी हुँदै  थापाले संगठनलाई बलियो बनाउन भूमिका निर्वाह गरे । 

२०६४ सालमा समेत थापाले नेपाली कांग्रेसको जिल्ला तहका संगठनात्मक गतिविधिमा महत्वपूर्ण सहभागिता जनाए । पार्टीको जिल्ला तहमा रहेर संगठन निर्माण तथा राजनीतिक गतिविधिमा सक्रिय रहेर काम गरे । 

त्यसपछि २०६५ सालमा  थापाले नेपाली कांग्रेसको जिल्ला अधिवेशन तथा पार्टीका अन्य संगठनात्मक गतिविधिमा सहभागिता जनाउनुभएको थियो । पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाअन्तर्गत हुने अधिवेशन तथा संगठनात्मक काममा थापाको निरन्तर संलग्नता रहेको देखिन्छ।

२०६६ सालदेखि रबि सुदन थापाले केन्द्रदेखि जिल्ला तहसम्मका पार्टीका विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभएको उल्लेख गरिएको छ। नेपाली कांग्रेसका विभिन्न अधिवेशन, महासमिति तथा संगठनात्मक कार्यक्रममा सहभागी हुँदै रबि सुदन थापाले पार्टीको गतिविधिलाई निरन्तरता दिनुभएको विवरणमा उल्लेख छ।

रबि सुदन थापा नेपाली कांग्रेसका विभिन्न महाधिवेशन तथा महासमिति प्रक्रियामा समेत सहभागी हुनुभएको छ । पार्टीको महाधिवेशन प्रतिनिधि तथा विभिन्न संगठनात्मक प्रक्रियामा संलग्न हुँदै उनले पार्टीभित्रको जिम्मेवारी निर्वाह गरे । 

त्यस्तै, स्थानीय, जिल्ला तथा विभिन्न तहका निर्वाचनमा समेत  थापाको सहभागिता र प्रतिनिधित्व रहेको विवरणमा उल्लेख गरिएको छ। पार्टीका विभिन्न निर्वाचन तथा अधिवेशन प्रक्रियामा सहभागी हुँदै  रबि सुदन थापाले संगठनात्मक गतिविधिमा आफ्नो भूमिका कायम राख्नुभएको देखिन्छ।

थापाको राजनीतिक यात्रा नेपाली कांग्रेससँग लामो समयदेखि जोडिएको र उहाँले पार्टीका विभिन्न तह, अधिवेशन, निर्वाचन तथा संगठनात्मक गतिविधिमा निरन्तर सहभागिता जनाउँदै आएको देखाउँछ । 

mediabaaji add

सम्बन्धित खबर

झापा फर्किएका ओलीले मतदातालाई पठाउन थाले पत्र

काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मतदातालाई सम्बोधन गरेको पत्र लिएर कार्यकर्ता घरघरमा पुगेका छन् । झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगतका २९ वटै वडामा नेकपा एम...

गृहमन्त्री गुरूङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन सुरु गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग मा...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज र भोलि वडा अधिवेशन हुनेछ । वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित गर्नेछ । क...

१ करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ सम्पन्न

काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले हालसम्म मानुपातिकतर्फको एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ सकेको छ । केन्द्रले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो २...

शान्ति सम्झौताका दुई दशक पूरा, अझै न्यायको पखाईमा पीडित

काठमाडौँ । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी बीच शान्ति सम्झौता भएको दुई दशक पूरा भएको छ । ५ मंसीर २०६३ मा भएको विस्तृत शान्ति सम्झौतापछि एक दशक लामो सशस्त्र द्वन्द्व अन्त्य भयो । संक्रमणकालीन न्यायका लागि...

भीम रावलपछि अशोक राईलाई फकाउँदै प्रचण्ड-माधव

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपासँग पार्टी एकताको प्रस्ताव राखेका छन्। सो प्रस्ताव...