आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्न र लेख्न थाले : मन्त्री पुन
काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको बताएका छन्। उनले सर्को तानेको वेला केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका छन् । गएराति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्टाटस लेखेपछि शिक्षामन्त्री पुनले सर्को तानेको वेला केही पनि नबोल्न र नलेख्न अनुरोध गरेका हुन् ।
सामाजिक सञ्जालमा शिक्षामन्त्री पुनले लेखेका छन्, ‘केही केही आशालाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ। सर्को ताने पनि केहि छैन। तर सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेख्न अनुरोध छ । ’ अहिले मेयर बालेनको चौतर्फी आलोचना भइरहेको समयमा मन्त्री पुनले उनैलाई लक्षित गरेर स्टाटस लेखेको अनुमान गर्न सकिन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रतिनिधिसभा निर्वाचन हुन ९० दिनभन्दा कम बाँकी, यस्तो छ कार्यतालिका
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ८९ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ। राजनीतिक दलहरूले पनि निर्वाचनलाई क...
गगन नेतृत्वको कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त
काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको प्रवक्तामा देवराज चालिसे नियुक्त भएका छन्। हिजो निर्वाचित भएको कार्यसमितिको आज बसेको पहिलो बैठकले चालिसेलाई प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो ।
विशेष महाधिवेशनका लागि अभियान चलाउने कांग्रे...
७ सचिवको सरुवा, को कहाँ ?
काठमाडौँ । सरकारले गृह सचिवसहित ७ सचिवको सरुवा गरेको छ । पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको हो । गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरिएको छ भने गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार...



