मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

बिहान ५:४५ मा कति देखियो काठमाडौँको न्यूनतम तापक्रम ?

Main News Image

आज आइतबार सुरुवाती मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.० डिग्री सेल्सियस देखिएको हो ।

यद्यपि यो सुरुवाती मापन हो। आजको आधिकारिक मापन अहिले बिहान ८:४५ बजे हुन्छ । त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अझ घट्ने सम्भावना हुन्छ । हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.६ डिग्री सेल्सियस थियो । मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ ।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ । सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो । 


mediabaaji add

सम्बन्धित खबर

बैशाख १ देखि काठमाडौँमा रात्रिकालीन बस सेवा सुरु, ८ देखि ११ बजेसम्म सञ्चालन

काठमाडौँ । साझा यातायात ले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ ।

सेवा सुरु गर्नुअघि रुट परीक्षणका क्रममा...

मनसुन पूर्वतयारी : चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न विस्तृत आपत्कालीन कार्ययोजना सार्वजनिक गरेको छ । विभागले मनसुन अवधिभर मौसम पूर्वानुमान, बाढी पूर्वानुमान र पूर्वसूचना प्रणाली...