आजका लागि विदेशी मुद्राको विनिमयदर कति छ ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा तोकिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०७ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा तथा बिक्रीदर ११० रुपैयाँ १७ पैसा कायम गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ११२ रुपैयाँ १४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५७ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ३३ पैसा र बिक्रीदर १२० रुपैयाँ ८० पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ । चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६५ पैसा र बिक्रीदर २२ रुपैयाँ ७४ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४१ रुपैयाँ २४ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २९ पैसा र बिक्रीदर ४२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४ रुपैयाँ ७४ पैसा रहेको छ । यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ९७ पैसा तथा बिक्रीदर ४२ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
अब नागरिकको तत्कालै मौखिक आदेशमा बैंक खाता रोक्का हुने
काठमाडौँ । अब नागरिकले बैैंक तथा वित्तिय अपराध भएमा तत्कालै मौखिक आदेश दिएमा खाता रोक्का हुने व्यवस्था लागू हुने भएको छ । जसको लागि राष्ट्र बैंकले २४ औं घण्टा सेवा प्रवाह गर्न बैंकहरुलाई आग्रह गरेका हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थ...
नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई ८ वर्ष ६ महिनाको कैद
काठमाडौँ । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ६ महिनाको कैद र १ करोड ५४ लाख २५ हजार २०० रुपैयाँ जरिबाना गर्ने फैसला गरेको छ ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल...
कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत् आपूर्ति सुनिश्चित गर्ने तयारी पूरा गरेको जनाएको छ । प्राधिकरणका अनुसार, धेरै आयोजना रन अफ द रिभर प्रकारका छन् र नदीको प्रवाही निर्भरता तथा डिस्चार...
जाल्दीगाड जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा, ४ अर्ब ६० करोड जुट्यो
काठमाडौँ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२ दशमलव ५० मेगावाट क्षमताको जाल्दीगाड जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । साङ्ग्रिला हाइड्रोपावरले प्रवर्द्धन गर्ने आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी जु...
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपिय...
नेशनल लाइफ इन्स्योरेन्सको तीनदिने ‘Employee Skill Enhancement Program’ पोखरामा सम्पन्न
पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीको सीप, दक्षता र प्रविधिगत क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित तीनदिने Employee Skill Enhancement Program पोखरामा सम्पन्न गरेको छ । ‘Transitioning to the...



