मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ २७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०८ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४० पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा कायम भएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले समायोजन गरेको पेट्रोल, डिजेल र मट्टीतेलको नयाँ मूल्य अनुसार आजदेखि पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रत...
आज ८.१६ अंकले घट्यो नेप्से, ७ अर्ब ९४ करोडको कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ८.१६ अंकले घटेर २६६२.९१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ९६ लाख १६ हजार ३९५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९४ करोड २७ लाखको सेयर कारोबार भएको छ । आज ८६ कम्पनीको सेयर मूल्...
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
काठमाण्डौँ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट विनियोजन गरेको छ । बाँदरको आतङ्कबाट पीडित किसानलाई राहत दिलाउन नगरपालिकाले १५औँ नगरसभाबाट हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्नका लागि बजेट विनियोजन गरेको हो ।
नगर उप...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन...
माघ महिनाका लागि कुन कुन वाणिज्य बैंकहरुले घटाए ब्याजदर ?
काठमाडौँ । माघ महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले मुद्दती निक्षेपमा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् । पुसमा औसत ब्याजदर व्यक्तिगततर्फ ४।८६ प्रतिशत र संस्थागततर्फ औसत ३।३७ प्रतिशत रहेकोमा माघ महिनाका लागि...
लगातार तेस्रो दिन घट्यो सुनको भाउ, आज प्रतितोला २ लाख ८८ हजार
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ४ सय रुपैयाँले घटेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ ।
सोमबार सुन प्रतितोला २ लाख ८९ हजार ४...



