सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५ रुपैयाँ ७३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६१ पैसा र बिक्रीदर २२ रुपैयाँ ७० पैसा तोकिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पुन: सुचारु हुने पखाईमा जनकपुर चुरोट कारखाना
जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखाना जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पखाईमा छ । राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाले एक समयमा प्रत्यक्ष रुपमा सातसय बढी कर्मच...
अत्यावश्यक औषधिको अभाव रोक्न मूल्य समायोजनको तयारी, स्वचालित प्रणालीको माग
काठमाडौँ । सरकारले अत्यावश्यक औषधिको पटक–पटक हुने अभावलाई समाधान गर्न औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाएको छ। लामो समयदेखि मूल्य पुनरावलोकन नहुँदा उत्पादन तथा आयात लागतसँग मूल्य नमिलेकाले बजारमा केही जीवनरक्षक औषधिको आपूर्ति प्रभावित हुँदै आए...
सुनको भाउ निरन्तर उकालो
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य र...
बैंकिङ क्षेत्रमा अराजकता फैलाउनेलाई जेल सजाय, राष्ट्र बैंकले दियो अन्तिम चेतावनी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीहरूलाई लक्षित गरी भइरहेका गैरव्यावसायिक तथा उच्छृङ्खल गतिविधिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । आज मात्रै सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भईर...
घट्यो चिराइतोको मूल्य, किसान चिन्तित
भोजपुर । लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान नि...



