शनिबार, ३१ असोज २०८३
नेपाली

बूढीगण्डकीको विनाशकारी बहाव : के भन्छ बाढी पूर्वानुमान महाशाखाको प्रतिवेदन ?

Main News Image

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६, तुभजेनजिक बूढीगण्डकी नदीमा आएको असामान्य बाढी हिमाली क्षेत्रमा गएको पहिरोका कारण नदीको बहाव अवरुद्ध भई पानी जम्मा भएको र त्यसपछि अवरोध कमजोर भएर वा भत्किएर एक्कासि ठूलो बहाव निस्किएको हुन सक्ने प्रारम्भिक प्राविधिक विश्लेषणले देखाएको छ। तर बाढीको वास्तविक कारण, पहिरोको प्रकृति र हिमपहिरोको भूमिका भने विस्तृत अध्ययनबाट पुष्टि हुन बाँकी छ।

बाढी पूर्वानुमान महाशाखाले सार्बजनिक गरेको बूढीगण्डकी नदीमा आएको असामान्य बाढीको कारण तथा तल्लो तटीय क्षेत्रमा प्रभाव बारेको प्रारम्भिक प्रतिवेदनमा बाढीको थप तथ्य तथा प्राविधिक विश्लेषण जारी रहेको उल्लेख छ। 

प्रतिवेदनअनुसार असोज २५ गते बिहान करिब ६ बजे तुभजे क्षेत्रबाट असामान्य बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको थियो। त्यसपछि आरुघाटस्थित बाढी मापन केन्द्रमा नदीको जलसतह तीव्र रूपमा बढेको देखिएको थियो। बिहान ८ बजेर ४० मिनेटमा जलसतह ८।४३ मिटर पुगेको विवरण प्राप्त भएको थियो। त्यसलगत्तै बाढीले पक्की पुलसहित मापन केन्द्र बगाएपछि त्यहाँबाट थप प्रत्यक्ष जलसतहको विवरण प्राप्त हुन सकेन।

प्रतिवेदनको सबैभन्दा महत्त्वपूर्ण पक्ष बाढीको सम्भावित उत्पत्ति, हिमाली भूभागको भौगर्भिक संवेदनशीलता, नदीमा आएको असामान्य बहावको परिमाण र पूर्वसूचना प्रणालीको भूमिकासँग सम्बन्धित छ। यसले तत्कालीन घटनाको व्याख्या मात्र नगरी आगामी दिनमा यस्ता विपद्को जोखिम घटाउन आवश्यक निगरानी र तयारीबारे पनि प्रश्न उठाएको छ।

mediabaaji add

सम्बन्धित खबर

विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार

काठमाण्डौँ । बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराउनुभएको छ । करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारीखेती गर्दै आउनुभएका उहाँले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाउनुभएको छ...

हुम्लामा बन्ने भयो ३३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना

काठमाडौँ । आर्थिक विकासमा पछाडि रहेको हुम्ला जिल्लामा कूल तीन सय ३५ मेगावाट क्षमताको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । हाल सो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन...

आत्मदाहको प्रयास गरेका तेस्रो व्यक्ति विवेक मण्डलको पनि मृत्यु

काठमाडौँ । सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ । असार २५ गते आत्मदाहको प्रयास गरेका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राति दुई बजे निधन भएको हो । उनलाई शुक्रबार सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । सर्...

आज स्वस्थानी व्रत कथा समापन गरिँदै

काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।

पौष शुक्ल पूर्णिमा...

भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौँ । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय...

नेपालको चुच्चे नक्सा अंकित एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार

काठमाडौँ । सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको चित्र समेटिएको एक रुपैयाँको नयाँ सिक्काको डिजाइन तयार पारेको छ । अर्थ मन्त्रालयका अनुसार राष्ट्रिय पहिचान झल्काउने प्रतीकहरू समावेश गरी तयार पारिएको यो डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद्को बैठकबा...