बूढीगण्डकीको विनाशकारी बहाव : के भन्छ बाढी पूर्वानुमान महाशाखाको प्रतिवेदन ?
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६, तुभजेनजिक बूढीगण्डकी नदीमा आएको असामान्य बाढी हिमाली क्षेत्रमा गएको पहिरोका कारण नदीको बहाव अवरुद्ध भई पानी जम्मा भएको र त्यसपछि अवरोध कमजोर भएर वा भत्किएर एक्कासि ठूलो बहाव निस्किएको हुन सक्ने प्रारम्भिक प्राविधिक विश्लेषणले देखाएको छ। तर बाढीको वास्तविक कारण, पहिरोको प्रकृति र हिमपहिरोको भूमिका भने विस्तृत अध्ययनबाट पुष्टि हुन बाँकी छ।
बाढी पूर्वानुमान महाशाखाले सार्बजनिक गरेको बूढीगण्डकी नदीमा आएको असामान्य बाढीको कारण तथा तल्लो तटीय क्षेत्रमा प्रभाव बारेको प्रारम्भिक प्रतिवेदनमा बाढीको थप तथ्य तथा प्राविधिक विश्लेषण जारी रहेको उल्लेख छ।
प्रतिवेदनअनुसार असोज २५ गते बिहान करिब ६ बजे तुभजे क्षेत्रबाट असामान्य बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको थियो। त्यसपछि आरुघाटस्थित बाढी मापन केन्द्रमा नदीको जलसतह तीव्र रूपमा बढेको देखिएको थियो। बिहान ८ बजेर ४० मिनेटमा जलसतह ८।४३ मिटर पुगेको विवरण प्राप्त भएको थियो। त्यसलगत्तै बाढीले पक्की पुलसहित मापन केन्द्र बगाएपछि त्यहाँबाट थप प्रत्यक्ष जलसतहको विवरण प्राप्त हुन सकेन।
प्रतिवेदनको सबैभन्दा महत्त्वपूर्ण पक्ष बाढीको सम्भावित उत्पत्ति, हिमाली भूभागको भौगर्भिक संवेदनशीलता, नदीमा आएको असामान्य बहावको परिमाण र पूर्वसूचना प्रणालीको भूमिकासँग सम्बन्धित छ। यसले तत्कालीन घटनाको व्याख्या मात्र नगरी आगामी दिनमा यस्ता विपद्को जोखिम घटाउन आवश्यक निगरानी र तयारीबारे पनि प्रश्न उठाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको संकेत
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको सक्रियता र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्य बदली कायम रहँदा केही स्थानहरूमा वर्षा भइरहेको छ ।
महाश...
नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आज आइतबारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश...
अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । कार...
वैशाखदेखि हालसम्म देशभर चार हजार ५३ विपद्का घटना
काठमाडौँ । गत वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशभर कुल चार हजार ५३ विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा १९६ जनाको ज्यान गएको छ । यस्तै, एक हजार २१८ जना घाइते भएका छन् भने चार बेपत्ता...
एक महिने स्वस्थानी व्रत र माघ स्नान आजदेखि शुरू
काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरू भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बील...
त्रिविको ५१ औं दीक्षान्त समारोह आज
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए । समा...



