शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

मौसम पूर्वानुमान : आज देशभर वर्षाको सम्भावना

Main News Image

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने छ ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको साथै कर्णाली र सूदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी र हिमाली भू(भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

अस्ट्रेलियामा अनियन्त्रित कार घर भत्काउँदै भित्र पस्यो, सुतिरहेकी नेपालीको मृत्यु

काठमाडौँ । अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेको नेपाली महिलाको ज्यान गएको छ । शुक्रबार राति छोरीको घरमा सुतिरहेकी विष्णुकुमारी गुरुङको दुर्घटनामा मृत्यु भएको हो । परिवारका अनुसार उनी ३ दिन अघि मात्र नेपालबाट अस्ट्रेलिया पुगेक...

ग्यास सिलिन्डर विस्फोट हुँदा विश्वकर्माको मृत्यु

बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरमा ग्यास सिलिन्डर विष्फोट हुँदा एकजना युवकको मृत्यु भएको छ । ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका २८ वर्षीय गोविन्द विश्वकर्मा ग्यास सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका थिए । उपचा...