शनिबार, ०५ वैशाख २०८३
नेपाली

मौसम : तराईमा हुस्सु लाग्ने,पहाडी र हिमाली क्षेत्रमा मौसम सफा रहने

Main News Image

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ । देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भाग तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ भने अन्य भागमा मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

भोलिदेखि पुन: आउँदैछ वर्षा गराउने प्रणाली

काठमाण्डौँ । मौसमविदले बिहीबारबाट पुनः वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका छन् । मौसमविद् विनोद पोखरेलले बिहीबार बेलुकाबाट पश्चिम नेपालमा वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञानका सहप्राध्याप...

हिमाली क्षेत्रमा हल्का हिमपात र तराईका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने बाँकी पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

<...

धादिङ दुर्घटनाको उद्धार सकियो : मृतक १८ जनामध्ये दुई विदेशी नागरिक

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दूर्घटनामा १२ जना पुरुष र छ जना...

राष्ट्रिय परिचयपत्र बनाउन झन्झट अन्त्य, अब फाराम भर्नु नपर्ने व्यवस्था लागू

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र बनाउन प्रारम्भिक विवरण दर्ता गर्नुपर्ने झन्झट हटाउने व्यवस्था लागू गरेको छ। अब सेवाग्राहीहरूले अलग्गै आवेदन फाराम भर्नुपर्ने बाध्यता बिना नै बायोमेट्रिक विवरण दिन सक्ने भएका छन् । मन्त्रालयका अनुसार क...