शनिबार, १० असोज २०८३
नेपाली

मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

Main News Image

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ । यसका कारण देशका अधिकांश भूभागमा बदली हुनुका साथै केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ। बाँकी तराईका भूभागमा भने आंशिक बादल लागेको छ । अहिले कोशी र बागमती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

मौसम पूर्वानुमान र सूचना प्रणाली आधुनिक बनाउन आवश्यक : मन्त्री सिन्हा

काठमाडौँ । कानून मन्त्री अनीलकुमार सिन्हाले मौसम सम्बन्धी जानकारी समयमै प्राप्त गर्न पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने औंल्याएका छन् । विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हालले हाल चुनौतीको अवस्...

आइतबार, कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आइतबार अन्य भूभागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आ...

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला

इनरुवा । पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार बर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहावमा बृद्धि भएको छ। कोशी ब्यारेज भएर वग्ने पानीको बहाव १ लाख ८५ हजार १३० क्युसेक प्रतिसेकेण्ड रहेको छ।

पानीको बहाव उच्च भएपछि कोश...

यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

काठमाडौँ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेका कारण भारी वर्षाको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पह...

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज...

तापक्रम वृद्धि र बदलीको दोहोरो असर : कतै वर्षा र हिमपात, कतै बढ्दो गर्मी

काठमाडौँ । मुलुकको पश्चिमी भूभागको उपल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा मौसम बदलिने भएको छ । यसका कारण हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात हुने तथा तराईका केही भूभागमा गर्मी...