शनिबार, १६ जेठ २०८३
नेपाली

मौसम पूर्वानुमान : लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना

Main News Image

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।


mediabaaji add

सम्बन्धित खबर

चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति

संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका–१  याङसिजुङमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार गएराति चैनपुर नगरपालिका–१  याङसिजुङका दिलप्रसाद लिम्बूको तीन तल घर पू...

शुक्रबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक रूपमा...

लगातारको पहिरोले मुख्य राजमार्ग ठप्प, कहाँ कहाँ बन्द छ ?

काठमाडौँ । केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । आज बिहानको पहिराका कारण ललितपुर बागमती गाउँपालिका ३ पाङ्दुरस्थित कान्तिलोकपथ, प्युठान सरुमारानी गाउँपालिका ४ खहरे ख...

उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

काठमाण्डौँ । उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा आगलागी हुँदा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्काको मृत्यु भएको छ । आगलागीबाट लक्ष्मीनारायणको घरसहित रबिन कुमार दास र सकलदेवको घर जलेको छ र अस्मिता खड्का घाइते भएकी...

बुधबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

दिउँसो तराई भूभागका अ...

भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

काठमाडौँ । प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री सवार एउटा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । २० जना घाइते छन् । बिहीबार वैशाख १० दिउँसो प्युठान नगरपालिका–४, टाकुरा सडकखण्डमा लु १ ज ३१७५ नम्बरको जीप दुर्घटना भएको जिल्ला...