शुक्रबार, ०९ असोज २०८३
नेपाली

देशभर मौसममा बदलाव : मेघगर्जन र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

Main News Image

काठमाडौँ । हाल नेपालमा विभिन्न वायु प्रणालीहरूको संयुक्त प्रभावका कारण मौसममा उल्लेखनीय परिवर्तन देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

यसका अतिरिक्त नेपालको दक्षिणतर्फ पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय रेखाले समेत मौसमलाई प्रभावित बनाएको छ । यी प्रणालीहरूको सक्रियताका कारण देशका अधिकांश भूभागमा बादल लाग्ने र वर्षा हुने क्रम सुरु भएको छ ।

हालको मौसमी अवस्थालाई हेर्दा सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहेको छ भने कोशी, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रलगायत देशका हिमाली भूभागमा साधारणतया बदलीको स्थिति छ ।

mediabaaji add

सम्बन्धित खबर

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव छ । कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा बाँकी...

चन्द्रमाको परिक्रमा गरेर ४ अन्तरिक्षयात्री सकुशल पृथ्वीमा फर्कियो

काठमाडौँ । चन्द्रमाको परिक्रमा पूरा गर्दै करिब १० दिन अन्तरिक्षमा बिताएपछि आर्टेमिस–२ मिसनका चार अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका छन्। शुक्रबार उनीहरू सवार ओरायन क्याप्सुल प्रशान्त महासागरमा सफलतापूर्वक अवतरण भएको हो । आधा शताब्दीभन्दा बढी...

बाढीको कारण हिउँ–चट्टानको हिम पहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

काठमाडौँ । रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठुला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरूले सजगता अ...

रसुवाबाट फेरि बाढी आएको सूचनापछि काठमाडौं–मुग्लिन सडक बन्द

काठमाडौँ । रसुवाबाट फेरि बाढी आएको सूचना प्राप्त भएपछि प्रहरीले नदी तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै नदीजन्य तटीय क्षेत्रका सम्पूर्ण बासिन्दाल...

नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित, व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्मार्ट सवारीचालक अनुमतिपत्र लाइसेन्सको छपाइ, प्रविधि र सुरक्षा सुदृढीकरणसम्बन्धी पछिल्लो प्रगति सार्वजनिक गर्दै हाल लागू गरिएको प्रणाली अन्तरराष्ट्रिय मापदण्डअनुरूप, बढी सुरक्षित र व्यावहारिक रहेको...

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा...