सबै कुरा बिर्सेर बिनासर्त आफ्नो घरमा फर्किन चाहन्छौँ : किसान श्रेष्ठ
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले आफूहरू निःसर्त एमालेमा फर्किन लागेको बताएका छन् । श्रेष्ठ सम्मिलित रामकुमारी झाँक्रीको समूहले आज बबरमहलस्थित होटल बसेरामा आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले सबै कुरा बिर्सेर एमालेमा फर्कन चाहेको बताएका हुन् ।
श्रेष्ठले भने, ‘जानेर, नजानेर चार वरषअघि एमालेबाट विद्रोह गर्यौँ, सबै कुरा बिर्सेर बिनासर्त आफ्नो घरमा फर्किन चाहन्छौँ।’
उनले एकीकृत समाजवादीका नेता कार्यकर्तालाई एमालेमा फर्कन आह्वान पनि गरे । ‘देशकाभरका नेता–कार्यकर्ता साथीहरूलई पनि हामी आह्वान गर्छौँ’, उनले भने, ‘यो पनि भ्रम नहोस् कि हामी कुनै पदका लागि एमालेमा फर्कन लागेका होइनौँ। हामी निःसर्त घर फर्किन लागेका हौँ। हामीलाई सम्मानपूर्वक हाँसेर बालिदिए पुग्छ।’ अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी आज माओवादी केन्द्रलगायत दलसँग एकता गरिरहँदा झाँक्री–श्रेष्ठ समूह एमालेमा फर्कन लागेको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
एमालेले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गर्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले निर्वाचन आयोगको कार्यतालिका अन...
कसैले पनि औँला ठड्याउन नसक्ने गरी लालपूर्जा दिनेछौं _मन्त्री रावल
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुगेर अवलोकनका गरेका छन् ।
मन्त्री गुरूङसँगै सरकरका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी, सङ्घी...
ओलीको दाबी : भदौ २४ को घटना योजनाबद्ध, आफू लक्षित आक्रमणको प्रयास भयो
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते भएको घटना योजनाबद्ध भएको दाबी गरेका छन् । भदौ २३ र २४ को घटनाबारे छानबिन गरिरहेको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई दिएको लिखित बयानमा ओलीले कम समयमा यत्रो क...
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय
काठमाडौँ । निर्वाचन आयोगले गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ। शुक्रबार आयोगले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले...



