बुधबार, ११ कात्तिक २०८३
नेपाली

निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ : अध्यक्ष दाहाल

Main News Image

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निर्वाचनको वातावरण बनाउनका लागि समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको समितिको वार्षिक प्रतिवेदनमाथिको छलफलमा उनले चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशनात्मक तरिकाले अनुरोध गरेको भन्दै चुनाव हुन्छ नै त्यसको लागि सहज वातावरण बनाउन छलफल गरेर जाँदा राम्रो हुने बताए ।

उनले भने, ‘अर्को चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशन नै दिइएको छ। यसमा सरकारको ध्यान जानुपर्छ निर्वाचनको वातावरण बनेको छैन्। अलि असहज छ। मुख्य सुरक्षाको कुरा आएको छ यसको बारेमा सरकारले छिटोभन्दा छिटो यसमा काम गर्नुपर्छ भन्ने खालको निर्देशनात्मक तरिकाले अनुरोध गरेका छौं। त्यसकारण चुनाव हुन्छ नै भनौ। त्यसका लागि कुन ठाँउमा समस्या छ त्यसलाई समाधान गर्ने, सचेत गराउने र सरकारलाई झकझकाउने विषयमा छलफल गरेर जाँदा राम्रो हुन्छ।’

यस्तै, उनले राष्ट्रिय सभाको निर्वाचनका बारेमा पनि सरकार तयार भइसकेको भन्दै निर्वाचन हुन्छ नै त्यसमा दुविधा नरहेको बताए।

mediabaaji add

सम्बन्धित खबर

ढिला होला, तर गलत हुँदैन, नआत्तिनुहोस् :नागरिकलाई धैर्य गर्न प्रधानमन्त्री शाहको अपिल

काठमाडौँ । धानमन्त्री बालेन शाहले मुलुकमा दीर्घकालीन सुधार र परिवर्तनका लागि केही समय लाग्ने भन्दै देशवासीलाई धैर्य धारण गर्न अपिल गरेका छन्। पछिल्ला राजनीतिक घटनाक्रम र राज्य संरचना सुधारका क्रममा देखिएका चुनौतीहरूबारे स्पष्ट पार्दै उनले सही नतिज...

विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर : मन्त्री घिसिङ

काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्...

बचतकर्ताको पैसा फिर्ता गराउन जे–जे गर्नुपर्छ, सरकारले सबै गर्छ : मन्त्री प्रतिभा रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गरी बचतकर्ताको रकम फिर्ता गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा ‘सहकारी पहिलो संशोधन व...