बुधबार, ११ कात्तिक २०८३
नेपाली

हामी निर्वाचन कुरेर बसेका छौँ, सरकारको गतिविधिले आशंका जन्माएको छ : शेखर कोइराला

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारको गतिविधि हेर्दा तोकिएकै समयमा निर्वाचन हुनेमा आशंका जन्मिएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिका वार्ड नं ४ मा आज स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेता कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताए । प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको उनको भनाई थियो । ‘संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो’, कोइरालाले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ।’

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको आरोप उनले लगाए। ‘दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन्। यसबारे सरकारले के सोचेको छ’, कोइरालाले प्रश्न गरे।

उनले निर्वाचनका लागि जुट्न पार्टी पंक्तिलाई निर्देशन पनि दिए।

mediabaaji add

सम्बन्धित खबर

निर्धक्क भएर फागुन २१ गतेको मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आव्हान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइ सकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आव्हान गरेका छन् । गृहमन्त्री अर्यालको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय...

मधेशमा सधैं गोली नै किन चल्छ ? राज्यको बल प्रयोगमाथि सांसद अमरेश सिंहको प्रश्न

काठमाडौँ । सांसद अमरेशकुमार सिंहले तराई(मधेशमा भएका पछिल्ला हिंसात्मक घटनाहरूतर्फ संसद्को ध्यानाकर्षण गराउँदै राज्यले समस्या समाधानका लागि बल प्रयोगभन्दा संवाद र सामाजिक विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकम...

एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता

काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने माग राख्दै आएको दल नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गराएको छ । बुधबार एमालेले निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएको हो । एमालेले नियमित प्रक्रियाको रू...