मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

गगनले भने_"हामी नै आधिकारिक कांग्रेस हौं"

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले कारबाही गरेपछि महामन्त्री गगनकुमार थापाले आफूहरू नै आधिकारिक कांग्रेस भएको प्रतिक्रिया दिएका छन् । विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको उनको भनाइ छ ।

‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौं । असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हौ। अब हामी अल्मलिनुपर्ने अवस्था रहेन । विशेष महाधिवेशनको मनोनयनको काम सकियो। नामावलीहरू सार्वजनिक हुँदै छ। संवादका लागि भएका प्रयास विफल भए,’ उनले भने ।

विधिवत् र विधानसम्मत नेतृत्व चयन भइरहेकाले आफूहरू आधिकारिक कांग्रेस भएको उनको भनाइ छ । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगमा जानकारी दिने उनले प्रस्ट पारेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

प्रचण्डको क्षेत्र गोरखा २ बाट एमालेको उम्मेदवार चक्रे मिलन

काठमाडौँ । नेकपा एमाले गोरखाले क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारका रूपमा चक्रे मिलन मिलन गुरूङलाई सिफारिस गरेको छ। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनलाई एमालेले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार पनि सिफारिस गरेको थियो । २०७९ सालक...

नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट बुधबार पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम...

काठमाडौं जिल्ला अदालतलाई नागरिक उड्डयन प्राधिकरणको भवन उपलब्ध गराउने समझदारी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको काठमाडौं जिल्ला अदालत अस्थायी रुपमा नागरिक उड्डयन प्राधिकरणको बबर महलस्थित भवनमा सर्ने भएको छ ।

बिहीबार सिंहदरबारमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिसँग छलफल गर्दै...