शनिबार, १४ कात्तिक २०८३
नेपाली

‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यका लागि एक ठाउँमा उभिएका हौं’

Main News Image

काठमाडौँ ।  उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत मंगलबार मात्रै उनले पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा उज्यालो भविष्यको मार्गतर्फ एक ठाउँमा उभिएका बताएका हुन् ।

उनले लेखेका छन्, ‘पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौं ।’ उनले उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन जनताको निरन्तर साथ रहनेमा विश्वस्त रहेको पनि उनले लेखेका छन् ।

उनले भने, ‘यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास दिलाउँछ । उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन तपाईंहरूको निरन्तर साथ र सहयोग रहनेमा हामी पूर्ण विश्वस्त छौं ।’ पार्टीहरूले एकीकरणपछि राजनीतिक एकता बलियो बनाउँदै आगामी निर्वाचन र विकासका अभियानमा साझा रणनीति अघि बढाउने तयारीमा रहेको जनाइएको छ ।

mediabaaji add

सम्बन्धित खबर

कांग्रेसभित्र महाधिवेशन बहस : संस्थापन समूह नै विभाजित

काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन पक्षका नेताहरू नै विभाजित बनेको छ । महाधिवेशन चुनाव अघि कि पछि भन्ने विवाद चर्किएपछि सभापति शेरबहादुर देउवा निकट नेताहरू नै विभाजित बन्न पुगेका हुन् । केन्द्रीय समिति बैठकको अघिल्ल...

हर्क, बालेन, रेनु लगायतको राजीनामा : ६ महिनाभित्र उपनिर्वाचन हुने

काठमाडौँ । कतिपय प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारीले राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । ती पद रिक्त भएका स्थानमा ६ महिनाभित्र उपनिर्वाचनको मिति तय गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रम...

८ लाख ३७ हजार मतदाता थपिए

काठमाडौँ । नेपालमा आठलाख ३७ हजार भन्दा धेरै मतदाता थपिएका छन् । आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि मतदाता नामावली दर्ता प्रक्रियामा उत्साहजनक सहभागिता देखिएको निर्वाचन आयोगले जनाएको छ ।...

गोकुल बास्कोटा भन्छन् : अब प्रचण्ड र कुलमान मिल्छन्

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले अब नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र उज्याले नेपाल पार्टीका संरक्षक रहेका ऊर्जामन्त्री कुलमान घिसिङ मिल्ने सम्भावना औँल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र...

सरकारले दमन गर्‍यो, हामी सहँदैनौँ : जेनजी प्रतिनिधि

काठमाडौँ । जेनजी प्रतिनिधिहरूले सरकारले शान्तिपूर्ण प्रदर्शनलाई दमन गरेको आरोप लगाउँदै तत्काल थुनिएका साथीहरूको रिहाइ नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । शनिबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका जेनजी...

आन्तरिक विवादका बीच नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया सुरु, वडा अधिवेशन धमाधम

काठमाडौँ । नेपाली कांग्रेसभित्र शीर्ष तहमा देखिएको चरम विवाद र असन्तुष्टिका बीच आसन्न १५औँ महाधिवेशनको औपचारिक प्रक्रिया सुरु भएको छ । यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी पार्टीले शनिबारदेखि तल्लो तह अर्थात...