बुधबार, ११ कात्तिक २०८३
नेपाली

मेलम्चीको पानी आपूर्ति बन्द

Main News Image

काठमाण्डौँ । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौँ उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलका प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह  हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो । 

उहाँले भन्नुभयो, “वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ, गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सञ्चालन गरिनेछ ।” निरन्तर वर्षा भएमा काठमाडौँमा जल आपूर्ति गर्न केही समय लाग्नेछ । 

mediabaaji add

सम्बन्धित खबर

धादिङको गल्छीमा बाढीले ४ घर बगायो

काठमाडौँ । धादिङको गल्छी गाउँपालिका-४, चिरौदी खोलाको छेउमा रहेका ४ वटा बगाएको छ । सोही गाउँपालिकाले आइतबार बिहान आएको बाढीले सोही घर बगाएको जनाएको हो । यहि भदौ १० गते आएको बाढीले चर्केका कारण आइतबार ४ वटा घर बगाएको जनाइएको छ।

पालिकाले मानवीय...

सुकुमबासी बस्तीका विद्यार्थीको समस्यालाई हल गर्न शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुकुमवासी बस्ती हटाउँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गरेको छ । मन्त्री सस्मित पोखरेलको निर्देशन पछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन...

पहाड र हिमालमा वर्षा र हिमपात, लुम्बिनीमा ‘भारी’ वर्षाको सतर्कता

काठमाडौँ । आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल...

६ जिल्लाका सीडीओको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओ सहित आठ जना अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। असोज १२ गते सोमबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार ६ जिल्लाका सीडीओ र दुई जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी ९सहायक सी...

कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम

काठमाडौँ ।  हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । यतिबेला लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा स...

चुनावमा भोट हाल्न काठमाडौंबाट बाहिरिनेको संख्या बढ्यो, २० गतेसम्म सवारी साधन चल्ने

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजधानी काठमाडौँबाट गृहजिल्ला फर्किने नागरिकको संख्या तीव्र रूपमा बढ्न थालेको छ । विभिन्न पेसा–व्यवसायमा आबद्ध भई उपत्यकामा बसोबास गरिरहेका मतदाता मतदानका लागि गाउँ जाने तयारीमा जु...