स्थायी व्यवस्थापन नभए पुरानै बासस्थानमा फर्किने सुकुम्वासीहरूको चेतावनी
काठमाडौँ । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूले स्थायी व्यवस्थापनको टुंगो नलगाई आफूहरूलाई हटाउन खोजिए पुरानै बासस्थानमा फर्किन बाध्य हुने चेतावनी दिएका छन् । नगरकोट व्हाइट पानी ट्यांकी अफिस स्थित राष्ट्रिय खानेपानी तथा तालिम केन्द्रको होल्डिङ सेन्टरमा रहेका पीडितहरूले बिहीबार एक सरोकार पत्र जारी गर्दै सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएका हुन् । पीडितहरूले जारी गरेको सरोकार पत्रमा सरकारले जबर्जस्ती उठीबास गराएपछि होल्डिङ सेन्टरमा राखेको दुई महिना बितिसक्दा पनि स्थायी समाधान नदिएको गुनासो गरेका छन् ।
उनीहरूका अनुसार बसोबासका लागि पर्याप्त स्थान, खानपान तथा आधारभूत सेवासुविधाको अभावका बीच सरकारले होल्डिङ सेन्टर खाली गराउने तयारी थालेको छ । पत्रमा असार ९ गते सरकारी निकायका केही प्रतिनिधिहरू होल्डिङ सेन्टरमा आएर प्रतिपरिवार २५ हजार रुपैयाँ दिएर केन्द्र छाड्न आग्रह गरेको उल्लेख गर्दै त्यसलाई आफूहरूमाथिको दबाबको रूपमा लिइएको जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना
काठमाण्डौँ । हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ट्रफ, स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हि...
वर्षाले चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
काठमाण्डौँ । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो...
निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक प्रहरी भर्ना, छनोट तथा नियुक्तिको पुनः समय बढाइएको छ । भर्ना समिति रामेछापले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन माघ १० र ११ गतेसम्मका लागि दुई दिन म्याद थपेको हो ।
निर...
आजको मौसमः हिमाल–पहाडका केही स्थानमा मध्यम वर्षा–हिमपात, तराईमा तातो हावा
काठमाडौँ । नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग साथै कर्णाली र सुदूरपश्चिम...
वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई अब घरबाटै एनओसी
काठमाडौँ । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ एनओसी लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एन...
बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर
काठमाडौँ । सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ । आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिह...


