विवाहपञ्चमी महोत्सव : राम सीताको विवाह सम्पन्न, आज रामकलेवा
जनकपुर । सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको छैठौं दिन मंगलबार माता सीताको स्वयमवरका साथै शुभ विवाह सम्पन्न भएको छ । मंगलबार अबेर रातीसम्म जनकपुरधामको ऐतिहासीक जानकी मन्दिर प्राङ्गनमा लाखौं श्रद्धालुभक्तजनको भीडका बीच माता सीता र भगवान रामको मैथिली परम्परा अनुसार विवाह सम्पन्न भएको छ ।
दुलही झैं सजाइएको जानकी मन्दिरमा भारत, नेपालका लाखौं श्रद्धालुभक्तजनको उपस्थिती रहेको थियो। विभिन्न देखिका पर्यटकहरुको पनि घुँईचो लागेको थियो । मंगलबार दिँउसो बाह्रविघा मैदानमा माता सीताको स्वयम्वर गरिएको थियो। सो बेला हेलिकप्टरमार्फत बाह्रविघा मैदान, जानकी मन्दिर र राममन्दिरमा पुष्पवृष्टि गरिएको थियो ।
आज विवाहपञ्चमी महोत्सवको अन्तिम दिन रामकलेवा रहेको छ। यस विधिमा अयोध्याबाट आएका सम्पूर्ण बारातीहरुलाई ५६ ब्यनजन खुवाएर दक्षिणासहित विदा गर्ने गरिन्छ । भगवान राम र माता सीताको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा धुमधामका साथ विवाहपञ्चमी मनाईने गरिन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज विश्व सहरीकरण दिवस मनाइँदै
काठमाडौँ । आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ। सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको हो। सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह ग...
गोरखा माइक्रो दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो
गोरखा । गोरखामा माइक्रो दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा सात जनाको ज्यान गएको हो । गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो...
रसुवा भोटेकोशी बाढी : ५४७ शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन
काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको जनाएको छ...



