शनिबार, १४ कात्तिक २०८३
नेपाली

काठमाडौं उपत्यकाको विकासका लागि कांग्रेसका १५ उम्मेदवारको भिजन १० प्रतिज्ञा पत्र सार्वजनिक

Main News Image

काठमाडौँ । संघीय राजधानी काठमाडौं उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौं उपत्यका विकास प्रतिबद्धता पत्र भिजन १० सार्वजनिक गरिएको छ । काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच महामन्त्री प्रदीप पौडेलको उपस्थितिमा तीन ओटै जिल्लाका उम्मेदवारहरूको भर्चुअल सहभागीतामा प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।

प्रतिज्ञा पत्रमा तीन ओटै जिल्लालाई एउटै सहरका रुपमा लिई स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गरेर विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गरिने उल्लेख छ । 

उपत्यकाको बहन क्षमता बमोजिम सहरको व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुनःसंरचना योजना कार्यान्वयन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सृदृढ एवं सक्षम बनाइने प्रतिज्ञा पत्रमा छ ।

यसैगरी उपत्यकाको सडक यातायातलाई सहज, व्यवस्थित र अनुमानयोग्य बनाउन एकीकृत सहरी यातायात र स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्दै मास ट्रान्सपोर्ट सहितको सडक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थापन गर्दा पैदलयात्री, साइकल यात्री तथा सबै नागरिकको आवश्यकतालाई विशेष ध्यान दिँदै केबल सिटीका रुपमा विकास गरिने प्रतिज्ञा पत्रमा  छ।

mediabaaji add

सम्बन्धित खबर

रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले मदताताहरुलाई धन्यवाद दिएका छन् । सोमबार आफ्नो क्षेत्रको मतदाताहरुसँग भेटघाट गर्दै उनले जनताले विश्वास गरेर...

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनबाट पारित भई आएका दुईवटा विधेयकहरू प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार मध्यराति नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम ‘प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन विधेय...