शनिबार, ०७ कात्तिक २०८३
नेपाली

विराजको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक

Main News Image

काठमाण्डौँ । नेपालभाषाका गायक विराज महर्जनको ‘छ लिसे’ गीत सार्वजनिक भएको छ । आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा राजधानीस्थित जय नेपाल हलमा एक कार्यक्रमबीच नेपालभाषा गीत ‘छ लिसे’ प्रिमियर गरिएको हो ।

रामकृष्णा खड्गीको शब्द र संगीत रहेको गीतको संयोजन जुगल डंगोलले गरेका छन् । रक्कि महर्जनको छायांकन रहेको गीतलाई खड्गी आफैले निर्देशन गरेका हुन् । भिडियोमा कृषल श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय छ ।

हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका विराजले ‘छ लिसे’सँगै नेपाली गीत ‘साइली’ पनि प्रिमियर गरे। साइलीको शब्द, संगीत तथा संगीत संयोजन जुगल डंगोलले गरेका छन्। गीतमा कृषल र श्रीतिकालाई नै देख्न सकिन्छ । यस गीतलाई पनि रक्कि ९महर्जन०ले छायांकन र रामकृष्ण खड्गीले निर्देशन गरेका हुन् ।  

mediabaaji add

सम्बन्धित खबर

आशा भोसलेको निधन

काठमाण्डौँ । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्...