टिकटकमा जथाभावी भिडिओ हाले कारबाही हुने
काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भ्रामक सूचनारहित बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’सँग औपचारिक सहकार्य सुरु गरेको छ । निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति रोक्न आयोगले बुधबार टिकटकसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
आयोगको सचिवालयमा आयोजित कार्यक्रममा सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका प्रतिनिधि फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरे।
टिकटकले निर्वाचनमा कसरी घृणा अभिव्यक्ति, डिसइन्फरमेसनका भिडियो रोकिनेछ भनेर आयोगलाई प्रस्तुति दिएको थियो। कटकले निर्वाचनमा कसरी घृणा अभिव्यक्ति, डिसइन्फरमेसनका भिडियो रोकिनेछ भनेर आयोगलाई प्रस्तुति दिएको थियो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको उपस्थितिमा भएको यो सम्झौताले निर्वाचनको मौन अवधि र प्रचारप्रसारका क्रममा टिकटकमा हुने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्ने लक्ष्य राखेको छ।
भ्रामक प्रचार रोक्ने कडा नीति पछिल्ला निर्वाचनहरूमा टिकटक जस्ता प्लेटफर्ममा उम्मेदवारविरुद्ध चरित्र हत्या गर्ने र झुटा दाबी गरिएका भिडियोहरू भाइरल हुने चुनौती थपिएको छ। समझदारी अनुसार, अब टिकटकले निर्वाचन आचारसंहिता विपरीतका सामग्रीलाई प्राथमिकताका साथ हटाउनेछ। आयोगले आफ्ना कर्मचारीलाई टिकटकको ‘कन्टेन्ट मोडरेसन’ सम्बन्धी तालिम दिने र निर्वाचन विशेष सूचना प्रवाहका लागि छुट्टै संयन्त्र बनाउने योजना पनि अघि सारेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
आज बिहानैदेखी वर्षा, दिनभर कस्तो रहला मौसम ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वमा सरदर स्थान आसपास रहेको छ ।
जसको प्रभावले देशभर साधरणतया...
घट्यो काठमाडौँको न्यूनतम तापक्रम
काठमाण्डौँ । सुरुवाती मापनमा बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस छ
हिजो बुधबार यो समय काठमाडौँको न्यूनतम त...
बाढी बढेसँगै कालीगण्डकी जलविद्युत्का सबै कर्मचारीलाई सुरक्षित स्थानमा सारियो
काठमाडौँ । अविरल वर्षासँगै स्याङ्जास्थित कालीगण्डकी जलविद्युत् आयोजनाको पावरहाउसमा रहेका सबै कर्मचारीलाई सुरक्षित स्थानमा सारिएको छ ।
१४४ मेगावाट क्षमताको आयोजना कालीगण्डकी नदीमा पानीको बहाव उच्च भएसँगै शुक्रबार असोज ९ देखि नै बन्द छ । ...
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्...
लामो दुरी चल्ने गाडीमा जीपीएस जडान
काठमाडौँ । ट्राफिक प्रहरीले बुधबारदेखि लामोदुरी चल्ने गाडीमा जीपीएस जडान गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेको छ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र गुड्ने सवारी साधनमा सीसीटिभी तथा ड्याशबोर्ड क्यामेरा जडान सुरु गरेको छ ।
यातायात व्यवसायीहरूसँगको...
हिमपातसँगै वर्षा हुने चिसो अत्यधिक बढ्ने
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ ।...



