दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन
काठमाडौँ । समाचार एजेन्सी आईएएनएसका अनुसार वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन भएको छ । रिपोर्टका अनुसार, ८९ वर्षीय धर्मेन्द्रले सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा अन्तिम सास फेरे । उनको अन्त्येष्टि विले पार्ले श्मशानघाटमा हुँदैछ, जहाँ अमिताभ बच्चन र आमिर खान लगायत धेरै सेलिब्रेटीहरू उपस्थित हुनेछन् ।
यसअघि केही दिनअघि धर्मेन्द्र जीवितै भएका बेला उनको निधन भएको खबर बाहिरिएपछि उनको परिवारले आपत्ति जनाएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
लोक गायक कमल बिके निर्मोहीको निधन
काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...



