नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न रातिमा पाँच घण्टा सडक बन्द गर्न लागिएको हो । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले मंसिर ५ गते र ६ गते राति ११ देखि भोलिपल्ट बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको जानकारी दिए ।
“निर्माणाधीन नारायणघाट बुटवल सडक खण्डको नारायणी पुल गैंडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्र गर्ने प्रयोजनार्थ राति सडक बन्द गर्ने निर्णय गरिएको हो,” उनले भने, “उक्त स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्नुपर्ने भएकाले रातिमा सडक बन्द गर्न लागिएको हो।”
रातिको समयमा सडक बन्द गरिँदा पूर्वतर्फ जाने सवारीसाधन नवलपुरका विभिन्न स्थानमा र पश्चिमतर्फ आउने सवारीसाधन चितवनका विभिन्न स्थानमा रोकिने रिजालले जानकारी दिए। रातिको समयमा ६ घण्टा सडक बन्द हुने भएकाले तोकिएको ठाउँमा सवारीसाधन रोकेर पालो पर्खेर जान वा वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे ।
बुटवलबाट नवलपुर हुँदै पूर्वतर्फ जाने सवारीसाधनमध्ये बस, मिनीबस, माइक्रो बस, साना चार पाङ्ग्रेसहितका सवारीसाधन थुम्सीदेखि पश्चिमतर्फ रोकिने छन्। यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता ठूला मालवाहक सवारीसाधन बेल्डिहादेखि पश्चिमतर्फ रोकिने छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
दुर्गा प्रसाईं पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं भक्तपुरस्थित आफ्नै निवासबाट पुनः पक्राउ परेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की प्रतिनिधिसभा सदस्य रचना खतिवडाविरुद्ध अनलाइन तथा सामाजिक सञ्जालमा आपत्तिजनक र चरित्रहत्या गर्...
३६ घण्टादेखि धनकुटा बजारमा बिजुली अवरुद्ध
काठमाडौँ । सोमबार राति आएको शक्तिशाली हावाहुरीका कारण अवरुद्ध भएको धनकुटाको विद्युत आपूर्ति आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ । केही क्षेत्रमा लाइन जोडिए पनि सदरमुकाम क्षेत्र भने अझै विद्युतविहीन अवस्थामा रहेको छ ।
नेपाल विद्युत प्राधिकरण, ध...
९,००० एमएएच ब्याट्रीसहितको नयाँ स्मार्टफोन ल्याउँदै अनर
काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले ९,००० एमएएच क्षमताको ब्याट्रीयुक्त स्मार्टफोन बजारमा ल्याउने तयारी गरेको छ । चिनियाँ टिपस्टर ‘डिजिटल च्याट स्टेसन’का अनुसार उक्त स्मार्टफोनमा सिलिकन कार्बन प्रविध...
भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा कार्यालयमा तालावन्दी
काठमाडौँ । समाज कल्याण परिषद्अन्तर्गत पर्ने काठमाडौं भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ । वर्षौँसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भेगमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ ।
साथै, उत्तर अन्डमान साग...
बाढीपहिरो प्रभावितको उद्धार र राहत तीव्र बनाउन सरकारसँग रास्वपाको आग्रह
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई थप तीव्रता दिन सरकारसँग आग्...



