नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न रातिमा पाँच घण्टा सडक बन्द गर्न लागिएको हो । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले मंसिर ५ गते र ६ गते राति ११ देखि भोलिपल्ट बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको जानकारी दिए ।
“निर्माणाधीन नारायणघाट बुटवल सडक खण्डको नारायणी पुल गैंडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्र गर्ने प्रयोजनार्थ राति सडक बन्द गर्ने निर्णय गरिएको हो,” उनले भने, “उक्त स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्नुपर्ने भएकाले रातिमा सडक बन्द गर्न लागिएको हो।”
रातिको समयमा सडक बन्द गरिँदा पूर्वतर्फ जाने सवारीसाधन नवलपुरका विभिन्न स्थानमा र पश्चिमतर्फ आउने सवारीसाधन चितवनका विभिन्न स्थानमा रोकिने रिजालले जानकारी दिए। रातिको समयमा ६ घण्टा सडक बन्द हुने भएकाले तोकिएको ठाउँमा सवारीसाधन रोकेर पालो पर्खेर जान वा वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे ।
बुटवलबाट नवलपुर हुँदै पूर्वतर्फ जाने सवारीसाधनमध्ये बस, मिनीबस, माइक्रो बस, साना चार पाङ्ग्रेसहितका सवारीसाधन थुम्सीदेखि पश्चिमतर्फ रोकिने छन्। यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता ठूला मालवाहक सवारीसाधन बेल्डिहादेखि पश्चिमतर्फ रोकिने छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान १०ः०० बजे सिंहदरबारमा बस्ने तय भएको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्...
अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
काठमाडौँ । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । सोमबार साँझको वर्षासँगैको पहिराका कारण अवरुद्ध भएको ललितपुरको बागमती गाउँपालिका ३ भालुखोलास्थित कान्तिलोकपथ...
हिमाली र पहाडी भू-भागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अन...
बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर
काठमाडौँ । सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ । आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिह...
यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
काठमाडौँ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेका कारण भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पह...
आज देशभर मौसम सफा रहने
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश,...



