नारायणघाट बुटवल खण्डको नारायणी नदी पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न रातिमा पाँच घण्टा सडक बन्द गर्न लागिएको हो । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले मंसिर ५ गते र ६ गते राति ११ देखि भोलिपल्ट बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको जानकारी दिए ।
“निर्माणाधीन नारायणघाट बुटवल सडक खण्डको नारायणी पुल गैंडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्र गर्ने प्रयोजनार्थ राति सडक बन्द गर्ने निर्णय गरिएको हो,” उनले भने, “उक्त स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्नुपर्ने भएकाले रातिमा सडक बन्द गर्न लागिएको हो।”
रातिको समयमा सडक बन्द गरिँदा पूर्वतर्फ जाने सवारीसाधन नवलपुरका विभिन्न स्थानमा र पश्चिमतर्फ आउने सवारीसाधन चितवनका विभिन्न स्थानमा रोकिने रिजालले जानकारी दिए। रातिको समयमा ६ घण्टा सडक बन्द हुने भएकाले तोकिएको ठाउँमा सवारीसाधन रोकेर पालो पर्खेर जान वा वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे ।
बुटवलबाट नवलपुर हुँदै पूर्वतर्फ जाने सवारीसाधनमध्ये बस, मिनीबस, माइक्रो बस, साना चार पाङ्ग्रेसहितका सवारीसाधन थुम्सीदेखि पश्चिमतर्फ रोकिने छन्। यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता ठूला मालवाहक सवारीसाधन बेल्डिहादेखि पश्चिमतर्फ रोकिने छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
देशभर मनसुनी वायुको प्रभाव : ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेकाले मुलुकभर मौसमी गतिविधि सक्रिय बनेको छ ।
विभागका अनुसा...
पोखरा-दुबई नियमित उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबीच छलफल
कास्की । आगामी सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन लागेको पोखरा दुबई हवाई उडान सेवालाई व्यवस्थित र दीर्घकालीन बनाउने विषयमा पर्यटन व्यवसायी तथा फ्लाइ दुबईका प्रतिनिधिहरूबीच पोखरामा महत्वपूर्ण संवाद भएको छ ।
पोखरा उ...
मनसुनमा विशेष सतर्कता अपनाउन आग्रह : २४ घण्टामा विपद्का ४७ घटना, ३ जनाको मृत्यु
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशभर बाढी, पहिरो, डुबान, चट्याङ र सर्पदंश जस्ता विपद्को जोखिम बढेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आम नागरिकलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।
प्राधिकरणले जनधनको सुरक्षालाई प...
लगातारको वर्षाले फेरि भत्कियो मुग्लिन–नारायणगढ सडक
काठमाडौँ । अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुलमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो हटाउन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ ।
...विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने
काठमाडौँ । काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा जुलुस, प्रदर्शन, हड्ताल तथा भेलाजस्ता कार्यक्रम गर्न नपाइने जानकारी गराउँदै यस्ता गतिविधि भए कारबाही गर्ने स्पष्ट पारेको छ । काठमाडौँका प्रमुख जिल्ला अधि...
बनेपामा टिपरको ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत, टिपर चालक पक्राउ
काठमाण्डौँ । बनेपामा टिपरले ठक्करबाट ज्यान गुमाउने स्कुटर चालकको सनाखत भएको छ । मृतक काभ्रेको धुलिखेल नगरपालिका ८ घर भइ हाल धुलिखेल नगरपालिका ५ बस्ने अन्दाजी ३१ वर्षीय ओमन प्रधान रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटन...



