सवारी दुर्घटना : क्षतिपूर्ति र उपचार खर्च तिर्न नसके जेल पठाउन मिल्दैन
काठमाडौँ । सवारी दुर्घटनाका पीडितलाई खुवाउनुपर्ने औषधि उपचार खर्च, किरिया खर्च र क्षतिपूर्ति भराउने प्रयोजनका लागि माग गरिएको धरौटी बुझाउन नसकेकै आधारमा अभियुक्तलाई थुनामा राख्नु गैरकानुनी हुने सर्वोच्च अदालतले ठहर गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले ‘बन्दी प्रत्यक्षीकरण’ रिटमा सुनुवाइ गर्दै यस्तो महत्त्वपूर्ण नजिर प्रतिपादन गरेको हो । न्यायाधीशहरू हरिप्रसाद फुयाल, कुमार रेग्मी र बालकृष्ण ढकालको पूर्ण इजलासले २०८२ पुस २४ गते उक्त फैसला सुनाएको हो ।
बारा जिल्लाको सुवर्ण गाउँपालिकामा २०८१ सालमा एउटा मोटरसाइकल दुर्घटना भयो । उक्त मोटरसाइकल राजकिशोर प्रसाद यादवले मागेर ल्याएका थिए र राकेश दासले चलाइरहेका थिए । उक्त मोटरसाइकलले ७० वर्षीय वृद्ध सत्यनारायण ठाकुरलाई ठक्कर दियो, जसको उपचारका क्रममा मृत्यु भयो ।
यस घटनामा दुईवटा समानान्तर मुद्दा चले । पहिलो, जिल्ला अदालत बारामा । सवारी ज्यान मुद्दामा बारा जिल्ला अदालतले राजकिशोरलाई १५ हजार धरौटीमा छाड्ने आदेश दियो । उनी धरौटी बुझाएर तारेखमा रहे ।
दोस्रो, जिल्ला प्रशासन कार्यालयमा । सोही दुर्घटनाका पीडितलाई औषधि उपचार, किरिया खर्च र क्षतिपूर्ति भराउनका लागि अर्को मुद्दा दर्ता भयो । प्रमुख जिल्ला अधिकारीले राजकिशोरसँग ९ लाख २० हजार रुपैयाँ धरौटी माग गरे ।
राजकिशोरले उक्त रकम बुझाउन सकेनन् । रकम बुझाउन नसकेकै आधारमा सिडिओ कार्यालयले उनलाई २०८१ पुस २ गते वीरगन्ज कारागार चलान गर्यो । उनले उच्च अदालतमा निवेदन दिए पनि उच्च अदालतले सीडीओकै निर्णय सदर गरेपछि उनी सर्वोच्च पुगेका थिए ।
एक्सप्रेस
सम्बन्धित खबर
आज देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतर्फ सरेको छ । यतिबेला देशका अधिकांश भूभागमा सामान्यतया बदली भएको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मध्य...
झापाका दुई उद्योगमा आगलागी
काठमाडौँ । यहाँको बिर्तामोड नगरपालिका–४ मा सञ्चालित दुई उद्योगमा आज बिहान आगलागी भएको छ । आगलागी परी ती उद्योगमा ठूलो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
आज बिहान करिब ४ः१५ बजे भक्त...
देशैभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षा हुनसक्ने
काठमाडौँ । हाल देशभर मनसनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । यसकै प्रभावका कारण कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागे...
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ । यतिबेला मधेश, कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लागेको छ। लुम्बिनी, कर्णाली र स...
हिमपातसँगै वर्षा हुने चिसो अत्यधिक बढ्ने
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ ।...
प्रेस युनियनले सरकारी विज्ञापन रोक्ने निर्णयको देशव्यापी विरोध गर्ने
काठमाडौँ । नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी मिडियामा प्रकाशन-प्रसारण गर्न रोक लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी परिपत्रमार्फत नेप...



