बिजुलीमा भ्याट साउन १ देखि मात्रै लागू हुने
काठमाडौँ । सरकारले विद्युत् सेवामा लगाएको मूल्य अभिवृद्धि कर भ्याट साउन १ गतेदेखि मात्रै कार्यान्वयन हुने स्पष्ट पारेको छ । आन्तरिक राजस्व विभागले असार महिनामा खपत भएको बिजुलीको बिल साउनमा जारी भए पनि त्यसमा भ्याट नलाग्ने जनाएको हो ।
नेपाल विद्युत् प्राधिकरणले असार महिनाको विद्युत् बिलमा समेत भ्याट समावेश गरेपछि उपभोक्ताबाट गुनासो आएको थियो। त्यसपछि विभागले सोमबार सूचना जारी गर्दै कर लागू हुने समयबारे स्पष्ट पारेको हो।
एक्सप्रेस
सम्बन्धित खबर
एसवाई प्यानलको आईपीओ बाँडफाँड, यसरी हेर्न सकिन्छ नतिजा
काठमाडौँ । एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।
<...विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर १५३ रुपैयाँ नाघ्यो, कुवेती दिनार झण्डै ५००
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।
यस्त...
ह्वात्तै बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कतिमा हुँदैछ कारोवार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोालामा दुई हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ ।



