शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा अमेरिका युक्रेनबीच छलफल
काठमाण्डौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको बताएका छन् । आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्व समाधानका लागि रोकिएको शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिए । साथै युक्रेनका लागि सुरक्षा तथा आर्थिक प्रत्याभूति र आगामी जाडो मौसमका लागि आवश्यक सहयोगबारे पनि कुराकानी भएको उनले बताए ।
जेलेन्स्कीले युक्रेनले हवाई प्रतिरक्षा तथा ऊर्जा क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको उल्लेख गरे। साथै अमेरिकी तरलीकृत प्राकृतिक ग्यासको पर्याप्त आपूर्ति र त्यसको उपयोगका सम्भावनाबारे पनि आफूहरूले आशा राखेको उनले बताए।
वार्ताको तेस्रो चरणमा बेलायत, फ्रान्स र जर्मनीसहित केही युरोपेली मुलुकका प्रतिनिधिहरू पनि सहभागी भएका थिए । आगामी दीनमा शान्ती वार्तालाई निरन्तरता दिने उद्देश्यले पुनः बैठक बस्ने सहमति भएको जेलेन्स्कीले जानकारी दिए।
उहाँले युक्रेन, अमेरिका र रुसबीच रोकिएको त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने प्रयासलाई पनि अघि बढाइएको बताए। । यस्तो वार्ताले द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
पेट्रोल र डिजेल कारमा लगाउने भनिएको प्रतिबन्ध फिर्ता लियो ईयूले, स्पेनका प्रधानमन्त्रीको कडा आलोचना
काठमाडौँ । युरोपेली सङ्घ ईयूले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेको छ ।
यस कदमको स्पेनका प्रधानमन्त्री पेड्रो...
विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने अमेरिकाको घोषणा
काठमाडौँ । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णय...
कोरियामा एक महिनामा तीन नेपालीको मृत्यु
काठमाण्डौँ ।दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिक...
अमेरिकामा बिरामी बोकेको विमान समुद्रमा खस्यो, सबैको मृत्यु भएको आशंका
काठमाण्डौँ । अमेरिकाको म्यासाचुसेट्सको तटबाट बेपत्ता भएको मेडिकल ट्रान्सपोर्ट विमानमा रहेका सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ। हार्टबिट १०४ कलसाइन भएको उक्त विमान शनिबार बर्मुडाबाट बोस्टन जाँदै गर्दा बेपत्ता भएको थियो।
यद्यपि शनिबार साँ...
एकचालीस देशहरूबाट तेल र ग्यास आयात भइरहेको हर्मुजको जलमार्ग अवरुद्ध गर्नु स्वीकार्य छैन : मोदी
काठमाण्डौँ । पश्चिम एसियामा युद्धको अवस्थाबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो सार्वजनिक बयान दिएका छन् । लोकसभामा २५ मिनेटको भाषणमा उनले भने कि तनाव समाप्त हुनुपर्छ। समस्याको एक मात्र समाधान वार्ता हो ।
प्रधानमन्त्रील...
इरानी आक्रमणबाट ८८ जना घाइते भएपछि इजलायलद्वारा संकटकाल घोषणा
काठमाडौँ । इजरायलको दक्षिणी सहर अरादमा भएको इरानी मिसाइल आक्रमणले ठूलो क्षति पुर्याएको छ । स्थानीय दमकल विभागका अनुसार मिसाइल सहरको केन्द्र भागमा खसेको थियो, जसले सिटी सेन्टर र आसपासका आवासीय क्षेत्रमा व्यापक क्षति निम्त्याएको छ । घटनास्थलमा उद्ध...



