मङ्गलबार, २३ भदौ २०८३
नेपाली

शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा अमेरिका युक्रेनबीच छलफल

Main News Image

काठमाण्डौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको बताएका छन् । आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्व समाधानका लागि रोकिएको शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिए । साथै युक्रेनका लागि सुरक्षा तथा आर्थिक प्रत्याभूति र आगामी जाडो मौसमका लागि आवश्यक सहयोगबारे पनि कुराकानी भएको उनले बताए ।

जेलेन्स्कीले युक्रेनले हवाई प्रतिरक्षा तथा ऊर्जा क्षेत्रमा थप सहयोगको अपेक्षा गरेको उल्लेख गरे। साथै अमेरिकी तरलीकृत प्राकृतिक ग्यासको पर्याप्त आपूर्ति र त्यसको उपयोगका सम्भावनाबारे पनि आफूहरूले आशा राखेको उनले बताए।

वार्ताको तेस्रो चरणमा बेलायत, फ्रान्स र जर्मनीसहित केही युरोपेली मुलुकका प्रतिनिधिहरू पनि सहभागी भएका थिए । आगामी दीनमा शान्ती वार्तालाई निरन्तरता दिने उद्देश्यले पुनः बैठक बस्ने सहमति भएको जेलेन्स्कीले जानकारी दिए।

उहाँले युक्रेन, अमेरिका र रुसबीच रोकिएको त्रिपक्षीय वार्ता पुनः सुरु गर्ने प्रयासलाई पनि अघि बढाइएको बताए। । यस्तो वार्ताले द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । फिलिपिन्समा सोमबार गएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको छ । भूकम्पले भवनहरूमा क्षति पुगेको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

देशका वि...

सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन

काठमाडौँ। अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार पाँच सय ९८ जनामा गर...

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको छ । सोमबार इजराइलको हमलामा उनी मारिएको इरान र इजराइल दुवै पक्षले बताएका हुन् । लारिजानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख थिए, जसले मुलुकको सुरक्षा र रणनीति निर्माण ग...

नेपाल-चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मित्तेरी पुल बगाएपछि नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले जनधनसहित ठूलो संख...

पाकिस्तानद्वारा अफगानिस्तानमा हमला गर्दा ४०० जनाको मृत्यु

काठमाडौँ । सोमबार राति पाकिस्तानले अफगानिस्तानमा पुनः हवाई हमला गरेको दाबी गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानले राजधानी काबुलका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन् । उक्त आक्रमणमा ४०० जनाको मृत्यु भएको र २५०...

इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार

काठमाडौँ । मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आकाशमै निष्क्रिय पारिएको इजरायलले जनाएको छ । दक्षिणी इजरायलका दुई शहरमा इरानी आक्रमणबाट कम्तीमा १७५ जन...