अमेरिकी सहायक विदेशमन्त्री एस. पल कपुर काठमाडौंमा
काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री एस। पल कपुर आज काठमाडौं आइपुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र मानिने कपुर नेपालमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहिलोपटक उच्च तहको भ्रमणमा आएका हुन् ।
स्रोतका अनुसार, कपुरको तीनदिने भ्रमण नेपाल(अमेरिका सम्बन्धलाई सुदृढ पार्ने र वर्तमान सरकारको प्राथमिकताहरू बुझ्ने उद्देश्यमा केन्द्रित रहनेछ । उनको भ्रमणमा विशेष अमेरिकी सहयोगमा सञ्चालित एमसीसी परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने विषयमा छलफल हुने सम्भावना छ ।
कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यद्यपि, प्रधानमन्त्री बालेन शाहसँग उनको भेट हुनेरनहुने बारे अझै औपचारिक पुष्टि भइसकेको छैन । पछिल्लो समय दक्षिण एसियामा बदलिँदो भू(राजनीतिक परिस्थिति र सुरक्षा चासोका विषयमा पनि दुई पक्षबीच विचार विमर्श हुनेछ ।
एक्सप्रेस
सम्बन्धित खबर
रास्वपाको नवलपरासी सभापति महेन्द्र ठकुरी कांग्रेसमा प्रवेश
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको केही दिनअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नवलपरासी जिल्लाका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्मा ले ठकुरीलाई पार्टीमा स्वागत...
‘काम नगर्नेलाई छुट छैन’ भन्ने सुशासनको नयाँ मानक स्थापना गर्दै प्रधानमन्त्री शाह
काठमाण्डौँ । ‘परिवर्तन सम्भव छ’ भन्ने नाराका साथ सिंहदरबार प्रवेश गरेका प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकालको सुरुवाती दिनमै शासकीय सुधार र सुशासनका पक्षमा एकपछि अर्को कठोर निर्णय लिन थालेका छन् । पुराना राजनीतिक दलहरूको परम्परागत कार्यशै...
प्रतिनिधिसभा निर्वाचन : प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसा...



