पत्रकार दिनेश सिटौलाको असामयिक निधन, ४३ वर्षमै रोकियो सक्रिय पत्रकारिताको यात्रा
काठमाडौँ । चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित सिटौलालाई चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन् ।
अछाममा रहेका बेला अचानक बेहोस भएर ढलेपछि गम्भीर अवस्थामा परेका सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन ।
४३ वर्षीय सिटौला अविवाहित थिए । उनका परिवारमा पिता, एक दिदी र दुई दाजुभाइ छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको परिवारजनले जनाएका छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रको प्रचार–प्रसारमा उल्लेखनीय योगदान दिएका थिए। पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियान टोलीसँग आबद्ध भई अछाम पुगेका थिए ।
सिटौलाको निधनले चलचित्र पत्रकारिता र सञ्चार क्षेत्रले एक कर्मठ, सक्रिय र अनुभवी पत्रकार गुमाएको छ । उनका सहकर्मी, कलाकार र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
१४ जिल्लाका सिडिओसहित २३ जना सहसचिव र उपसचिवको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओसहित सहसचिव र उपसचिव तहका २३ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले भदौ १८ गतेको निर्णयअनुसार १४ जना सहसचिव र ९ जना उपसचिवको जिम्मेवारी हेरफेर गरेको हो ।
&nbs...
जाजरकोटमा बोलेरो दुर्घटना, दुईको मृत्यु
जाजरकोट । छेडागाड नगरपालिका–८ मा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
सरकारी कार्यालय अपरान्ह ४ बजे बन्द हुने
काठमाडौँ । सरकारी कार्यालयको समय एक घण्टा छोटिएको छ । अबदेखि अपरान्ह ४ बजेपछि कार्यालय बन्द हुने छ । हिजो ९कात्तिक १५० सम्म कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म थियो । शुक्रबार भने सबै महिना दिउँसो ३ बजेसम्म...
उच्च पहाडी र हिमाली क्षेत्रमा कार्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
काठमाडौँ । अध्यागमन विभागले कार्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ। विभागले मगंलबार सूचना जारी गर्दै कार्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गरे...
काठमाडौंका नदी तटीय क्षेत्रमा बाढीको जोखिम : करिडोरका सडक प्रयोग नगर्न आग्रह
काठमाडौँ । लगातारको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका मुख्य नदीहरूमा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायले नदी तटीय क्षेत्र तथा करिडोरहरूमा निगरानी बढाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प...
पश्चिमी वायुको प्रभाव कायमै : कस्तो रहला सोमबार देशभरको मौसम
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार देशका पहाडी भूभागमा आशिंक बदली रहनेछ । यसैगरी...



