बुधबार, ११ कात्तिक २०८३
नेपाली

पत्रकार दिनेश सिटौलाको असामयिक निधन, ४३ वर्षमै रोकियो सक्रिय पत्रकारिताको यात्रा

Main News Image

काठमाडौँ । चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) बाट पीडित सिटौलालाई चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन् ।

अछाममा रहेका बेला अचानक बेहोस भएर ढलेपछि गम्भीर अवस्थामा परेका सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो । ग्राण्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहे पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन ।

४३ वर्षीय सिटौला अविवाहित थिए । उनका परिवारमा पिता, एक दिदी र दुई दाजुभाइ छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको परिवारजनले जनाएका छन् । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रको प्रचार–प्रसारमा उल्लेखनीय योगदान दिएका थिए। पछिल्लो समय उनी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियान टोलीसँग आबद्ध भई अछाम पुगेका थिए ।


सिटौलाको निधनले चलचित्र पत्रकारिता र सञ्चार क्षेत्रले एक कर्मठ, सक्रिय र अनुभवी पत्रकार गुमाएको छ । उनका सहकर्मी, कलाकार र शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

डेढ लाख निर्वाचन प्रहरीको भर्ना खुल्दै : १० दिन तालिम दिएर एक महिना खटाइने, पहिलो पटक सशस्त्रले पनि भर्ना लिँदै

काठमाण्डौँ । गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्नाका लागि मापदण्ड तयार पारेको छ । शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित बसेर गृहका अधिकारीले निर्वाचन प्रहरी भर्ना र खटनपटनको मापदण्ड तयार गरेका हुन् । शनिबार दुवै प्रहरीले आ–आफ्नो तर्फबाट भर्ना...

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

तनहुँ । पोखरा–मुग्लिन सडकको पश्चिम पोखरा–जामुने खण्डमा १८ किमी दुई लेन कालोपत्र सम्पन्न भएको छ । अठतिस किलोमिटर लामो यो सडक खण्डमा हालसम्म ३७ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । उक्त खण्डका इन्जिनियर सहनश...

आज विश्व ध्यान दिवस मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौँ । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो। संयुक्त राष्ट्रसंघको महा...

कोसी र कर्णाली प्रदेशका पहाडी भू भागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ । कोसी, कर्णाली प्रदेशका पहाडी भू...

आज काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम

काठमाडौँ । पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौँ उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेक...

हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादपछि कपिलवस्तुमा निषेधाज्ञा

काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवाद चर्किन नदिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि लागू हुने गरी महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक...